MENU

खेल

Ncell Axiata
chhaka panja

च्याम्पियन्स लिगमा रियल मड्रिड र युभेन्टसको इतिहास यस्तो

वैशाख २८ – यो वर्षको च्याम्पियन्स लिग फुटबल अब उपाधि होडको उत्कर्षमा पुगको छ । साबिक विजेता रियल मड्रिड र युभेन्टसले कार्डिफ यात्रा तय गरेका छन् । रियल मड्रिड घरेलु प्रतिस्पर्धी एथ्लेटिको मड्रिड तथा युभेन्टस मोनाकोलाई पाखा लगाउँदै आउँदो जुन तीनमा कार्डिफमा हुने फाइनलका लागि स्थान पक्का गरेका हुन् । रियल मड्रिड योसहित कीर्तिमानी १५ पटक फाइनलमा पुगेको हो । उसले यसअघि भएका १४ फाइनलमा ११ पटक जितेर उपाधि जतेको छ । यस्तै अहिलेसम्म ९ पटक फाइनलमा पुगेको युभेन्टस यसअघिका ८ फाइनलमा दुई पटक जितेको छ । उ ६ पटक फाइनलमा पराजित भएको छ । यो फाइनल हारमा कीर्तिमान हो । रियल मड्रिड र युभेन्टस गरेर समग्रमा यसअघि २२ पटक फाइनल खेलेका छन् । 

युभेन्टसको यसअघिका फाइनल

  • सन् १९७२/७३: युभेन्टसको यो पहिलो फाइनल हो । यसमा अजाक्ससँग १–० ले परातिज भएर युभेन्टस उपविजेतामा सीमित भयो । 
  • सन् १९८२/८३: क्लबको दोस्रो फाइनल यात्रामा पनि युभेन्टस पराजित भयो । युभेन्टस ह्यामबर्गसँग १–० ले पराजित भएर उपविजेतामा सीमित भयो । 
  • सन् १९८४/८५: युभेन्टसले यसपटक भने उपाधि जित्यो । लिभपुरसँगको खेलमा ५६ औं मिनेटमा मिचेल प्लाटिनीले गोल गर्दै युभेन्टसलाई उपाधि दिलाए । 
  • सन् १९९५/९६: अजाक्ससँगको यो फाइनलमा युभेन्टसको दोस्रो भेट थियो । यसपटक निर्धारित र थप गरिएको समयमा १–१ को बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । जसमा युभेन्टसले ४–२ को जित निकाल्दै उपाधि जित्यो । 
  • सन् १९९६/९७: लगातार दोस्रो सिजन फाइनलमा पुगेको युभेन्टस यसपटक भने बोरुसिया डर्टमुण्डसँग ३–१ ले परातिज भयो । 
  • सन् १९९७/९८: लगातार तेस्रो सिजन फाइनल पुगेको युभेन्टस यसपटक रियल मड्रिडसँग १–० ले पराजित भयो । 
  • सन् २००२/०३: यो पटक अर्को इटालियन क्लब एसी मिलानसँग युभेन्टसले फाइनल खेल्यो । निर्धारित र थप गरिएको समयमा गोल रहित बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लियो । त्यसमा मिलान ३–२ ले विजयी भयो । 
  • सन् २०१४/१५: पछिल्लो पटक युभेन्टस बार्सिलोनासँग फाइनलमा पराजित भयो । बार्सिलोनासँग ३–१ ले हारेर उ उपविजेतामा सीमित भयो । 

रियल मड्रिडको यसअघिका फाइनल

  • सन् १९५५/५६: रियल मड्रिड पहिलो पटक फाइनलमा पुगेको हो । युरोयिन कपको फाइनलमा रियल मड्रिडले रिइम्सलाई ४–३ ले हराएर उपाधि जित्यो । 
  • सन् १९५६/५७: लगातार दोस्रो पटक फाइनलमा पुगेको रियल मड्रिडले इटालियन क्लब फियोरेन्टिनालाई २–० ले हराएर उपाधि जित्यो । 
  • सन् १९५७/५८: लगातार तेस्रो पटक फाइनलमा पुगेको रियल मड्रिडले यसपटक इटालीयन क्लब एसी मिलानलाई अतिरिक्त समयमा ३–२ ले हराएर उपाधि जित्यो । 
  • सन् १९५८/५९: लगातार चौथो पटक फाइनलमा पुगेको रियल मड्रिडले यसपटक रिइम्सलाई २–० ले हराएर उपाधि जित्यो । 
  • सन् १९५९/६०: लगातार पाँचौं पटक फाइनल पुगेको रियलले यसपटक फ्र्याँकफर्टलाई ७–३ ले हराएर उपाधि जित्यो । 
  • सन् १९६१/६२: यसपटक भने रियल मड्रिड पराजित भयो । रियल बेन्फिकासँग ५–३ ले पराजित भएर उपविजेतामा सीमित भयो । 
  • सन् १९६३/६४: यसपटक पनि रियल मड्रिडले जित्न सकेन । इटालियन क्लब इन्टर मिलानसँग ३–१ ले पराजित भयो । 
  • सन् १९६५/६६:  यसपटक फेरि रियल मड्रिडले जित्यो । पार्टिजनलाई २–१ ले हराएर रियलले उपाधि जितेको हो । 
  • सन् १९८०/८१: यो पटक रियल मड्रिड लिभरपुलसँग १–० ले पराजित भयो । 
  • सन् १९९७/९८: यसपटक रियल मड्रिडले युभेन्टसलाई १–० ले हराएर उपाधि जित्यो । 
  • सन् १९९९/२०००: यो पटक घरेलु प्रतिस्पर्धी भ्यालेन्सियालाई ३–० ले हराएर रियल मड्रिडले उपाधि जित्यो । 
  • सन् २००१/०२: यो पटक रियल मड्रिडले बार्यर लेभरकुसनलाई २–१ ले हराएर उपाधि जित्यो । 
  • सन् २०१३/१४: पहिलो पटक उही शहरका क्लबबिच फाइनल भयो । अतिरिक्त समयमा एथ्लेटिको मड्रिडलाई ४–१ ले हराएर रियल मड्रिडले उपाधि जित्यो । 
  • सन् २०१५/१६: यसपटक पनि फाइनलमा मड्रिड डर्बी नै भयो । निर्धारित तथा थप गरिएको समयमा १–१ को बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइयो । त्यसमा रियल मड्रिड ५–३ ले विजयी भयो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया