MENU

खेल

Ncell Axiata
sagun

‘नेपाली क्रिकेटमा ऐतिहासिक दिन’, पहिलो पुरस्कार २० लाख

काठमाडौं, वैशाख २८ – काठमाडौमा अहिलेसम्मकै सबैभन्दा धेरै पुरस्कार राशीको क्रिकेट प्रतियोगिता हुने भएको छ । जेठ ९ गतेदेखि २४ गतेसम्म हुने प्रतियोगितामा पाँच विकास क्षेत्रका एक/एक सहित आर्मी, प्रहरी र सशस्त्र प्रहरी गरी आठ टिमले प्रतिस्पर्धा गर्नेछन् । राष्ट्रिय खेलकुद परिषद्को र काठमाडौं क्रिकेट टे«ेनिङ सेन्टरको आयोजनामा प्रतियोगिताको विजेताले २० लाख रुपैयाँ तथा उपविजेताले १० लाख रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै सेमिफाइनलमा पराजित हुने टिमले ५० हजार रुपैयाँ र लिगका खेल जित्ने टिमले एक खेल जितेबापत २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । 

प्रतियोगिताको म्यान अफ दि सिरिजले १ लाख रुपैयाँ तथा उत्कृष्ट ब्याट्स्म्यान र उत्कृष्ट बलरले ५०/५० हजार रुपैयाँ पुरस्कार पाउने छन् । म्यान अफ द म्याचले ५ हजार रुपैयाँ पाउनेछन् । प्रतियोगिताको लागि १ करोड १० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएकोमा ५० लाख रुपैयाँ राखेपले बेहोर्ने र बाँकी विभिन्न प्रायोजकहरुबाट संकलन गरिने राखेपका सदस्यसचिव केशव विष्टले जानकारी दिनुभयो ।

‘तीन वर्षदेखि ५० ओभरको क्रिकेट नभएको अवस्थामा अहिले सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता हुनु नेपाली क्रिकेटको लागि नयाँ इतिहास हो’ सदस्य सचिव विष्टले भन्नुभयो ‘आजको दिन क्रिकेटको इतिहासमा कोसेढुंगा सावित हुँदैछ, र मलाइ विश्वास छ, केही वर्षमा यो राशी अझै उल्लेख्य रुपमा बढ्नेछ ।’

उहाँले क्रिकेटप्रेमीहरुको मनोवल उठ्नेगरी र अब क्रिकेटमा नयाँ केही हुँदैछ भन्ने सन्देश दिन यो प्रतियोगिता आयोजना गर्न लागिएको उहाँको दाबी छ ।

सरकारले गएको जेठमा जारी गरेको निती तथा कार्यक्रममा सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता गर्ने घोषणा गरेपनि विभिन्न समस्याका कारण बर्खा लागेपछि मात्रै प्रतियोगिता गर्न सम्भव भएको आयोजकले जनाएको छ ।

प्रतियोगिताबारे जानकारी दिन भएको पत्रकार सम्मलेनमा राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटाले आगामी असोजमा हुने विश्व क्रिकेट लिग च्याम्पियनसिपको तयारीको लागि यो प्रतियोगिता कोसेढुंगा सावित हुने बताउनुभयो । पुराना खेलाडीको प्रदर्शनमा निखारता आउने र नयाँ खेलाडीले पनि अवसर पाउने उहाँको भनाई छ । 

खेलाडीलाई उत्सव जस्तो भएको छ : ज्ञानेन्द्र मल्ल

राष्ट्रिय टोलीका उपकप्तान तथा काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टरका प्रमुख ज्ञानेन्द्र मल्लले २० लाख रुपैयाँ पुरस्कार राशीको क्रिकेट हुनेभएपछि खेलाडीलाई उत्सव लागेजस्तै भएको बताउनुभयो 

‘हामी कहिले साउथ एसियन गेम्स खेल्नुपर्छ, ओलम्पिमा सहभागी हुनपर्छ भनेजस्तै हाम्रो लोकल खेलाडीलाई पनि यो त्यस्तै हो भन्ने सन्देश गएको जस्तो लाग्छ’ मल्ले भने ‘यो राष्ट्रिय खेलकुद कै एउटा पाटो हो जस्तो लाग्छ ।’ उनले प्रतियोगितालाई लिएर आफू र सिंगो क्रिकेट टिम एकदमै उत्साहित भएको जानकारी दिए । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया