MENU

खेल

Ncell Axiata
USAID

आइपिएल : पञ्जावको प्लेअफ सम्भावना कायमै, पञ्जाव-२३० मुम्बई-२२३

काठमाडौं, वैशाख २९ – इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा मुम्बई इण्डियन्सलाई हराउँदै किंग्स इलेभेन पन्जावले प्लेअफमा जाने सम्भावना बलियो बनाएको छ ।   

बिहीबार राति भएको खेलमा पन्जाबले मुम्बइ इण्डियन्सलाई ७ रनले हराएको हो । पन्जावले दिएको २ सय ३१ रनको लक्ष्य पछ्याएको मुम्बइ निर्धारित ओभरमा ६ विकेट गुमाएर २ सय २३ रन बनाएको हो । मुम्बईका लागि लेण्डल सिमोन्सले ३२ बलमा ५९ रन, किरोन पोलार्डले २४ बलमा अविजित ५० रन बनाए । यस्तै हार्दिक पाण्डेयले १३ बलमा ३० रन, पार्थिव पटेलले २३ बलमा ३८ रन, कर्ण शर्माले ६ बलमा १९ रन बनाए । पञ्जावमा मोहित शर्माले दुई साथै सन्दीप शर्मा, अक्षर पटेल, ग्लेन म्याक्सवेल र राहुल तेवाटियाले एक एक विकेट लिए । 

यसअघि टस हारेपछि व्याटिङ गरेको पन्जावले निर्धारित ओभरमा ३ विकेट गुमाउँदै २ सय ३० रन बनाएको थियो । पञ्जावका लागि ऋद्धिमन शाहले ५५ बलमा अविजित ९३ रन बनाए । ग्लेन म्याक्सवेलले २१ बलमा ४७ रन, मार्टिन गुप्टिलले १८ बलमा ३६ रन, सौन मार्सले १६ बलमा २५ साथै अक्षर पटेलले १३ बलमा १९ रन बनाए । मुम्बईका मिचेल म्याक्लेनेगन, जसप्रित बुम्राह र कर्ण शर्माले एक एक विकेट लिए । मुम्बइ यसअघिनै प्लेअफमा पुगिसकेको छ । पञ्जावको पनि बिहीबारको जितले प्लेअफमा पुग्ने सम्भावना कायमै छ ।  

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया