MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
chhaka panja

काश्मिरमा सामाजिक सञ्जालमा लागेको प्रतिबन्ध फुकुवा गर्न राष्ट्रसंघको अपिल

वैशाख २९ – भारत प्रशासित काश्मिरमा सामाजिक सञ्जाल तथा मोबाइल इन्टरनेटमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न संयुक्त राष्ट्रसंघका अधिकारीले अपिल गरेका छन् ।  

वाक स्वतन्त्रता तथा मानवअधिकारको क्षेत्रमा कार्यरत राष्ट्रसंघका ती अधिकारीले सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध हटाउन माग गरेका हुन् । ती अधिकारीले सामाजिक सञ्जाल तथा मोबाइल इन्टरनेटमाथिको प्रतिबन्ध सामूहिक सजाय जस्तै भएको बताएका छन् । 

त्यस्तै प्रतिबन्धले नागरिकको सूचनाको हक तथा वाक स्वतन्त्रता हनन गरेको आरोप लगाएका छन् । भारत प्रशासित काश्मिरमा गएको अप्रिल २६ देखि फेसबुक, ट्वीटर, ह्वाट्सएप लगायत १६ वटा सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको थियो । यी वेबसाइटबाट सरकार विरोधी गतिविधि सञ्चालन गरिएको आरोप लागेको थियो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया