MENU

बातावरण-कृषि

Ncell Axiata
NIC Asia

मौसम बदली, चुनावको दिन पनि पानी पर्ने

काठमाडौं, वैशाख २९ – अहिले देशभरको मौसम बदली भएको छ । शुक्रबार बिहानैदेखि काठमाडौं उपत्यकाका ठाउँठाउँमा पानी परेको छ ।  

पश्चिमी क्षेत्रमा भने बिहीबार राति पानी परेको मौसमविद समिर श्रेष्ठले बताउनुभयो । पश्चिमी क्षेत्रबाट मध्य क्षेत्र हुँदै वायू बहिरेकाले काठमाडौंमा पनि पानी परेको हो । पानी पार्ने प्रणाली अझै केही दिन सक्रिय हुने भएकाले शनिबार, आइतबार पनि पानी पर्ने सम्भावना रहेको मौसमविद् श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँका अनुसार चुनावका दिन आइतबार विशेषगरी पूर्व र मध्य क्षेत्रमा पानी पर्ने अनुमान छ । बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा, पूर्व पश्चिममा फैलिएको न्यून चापीय क्षेत्र र अरब सागरबाट आएको हावाका कारण मौसम बदली भई पानी परेको मौसमविदले बताएका छन् । तर यो प्रणालीका कारण केहीबेर पानी पर्न रोकिने र फेरि पर्ने उनीहरुले बताएका छन् । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ​उद्योगी र उखु किसानबीच सहमति

    सर्लाही, मंसिर २७ –उद्योगी र उखु किसानका प्रतिनिधिबीच गत वर्षकै न्यूनतम मूल्य रहने गरी उखु क्रसिङ सुरु गर्ने सहमति भएको छ ।

  • काठमाडौंमा आज यो वर्षकै कम तापक्रम

    काठमाडौं, मंसिर २७ – काठमाडौंमा बुधबार बिहान यो वर्षकै कम तापक्रम मापन गरिएको छ । मौसम पूर्वानुमान शाखाका अनुसार बिहान काठमाडौंको तापक्रम ५ दशमलव ५ डिग्री सेल्सियस पुगेको थियो ।

  • समुद्री चरा संकटमा

    मंसिर २६ – माछा मार्ने क्रम बढ्नु र बदलिँदो समुद्री तापक्रमका कारण समुद्रमा आधारित चरा लोप हुने अवस्थामा पुगेको नयाँ तथ्यांकले देखाएको छ । विश्वमा चराको संख्याका बारेमा भएको नयाँ अध्ययन अनुसार समुद्रमा आधारित चरा अस्तित्वका लागि संघर्षमा रहेको देखिएको हो ।

  • बझाङमा पनि हिमपात : जनजीवन प्रभावित

    डीबी विष्ट / उज्यालो  बझाङ, मंसिर २६ – बझाङमा वर्षासँगै हिमपात भएको छ । सोमबार रातीबाट प...

  • वर्षा नहुँदा गहुँ छर्न समस्या

    बैतडी, मंसिर २१ – आकाशे पानीको भरमा खेती गर्दै आएका बैतडीका किसानले अहिलेसम्म वर्षा नहुँदा गहुँ छर्न पाएका छैनन् ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया