MENU

मनोरञ्जन

Ncell Axiata
chhaka panja

श्रीमतीकै डिजाइनमा हिड्छन् मनोज गजुरेल

काठमाडौं, वैशाख २९ – हाँस्यव्यङ्ग्य क्षेत्रका चर्चित कलाकार मनोज गजुरेलको आज जन्मदिन परेको छ । वैशाख २९ गते जन्मेका मनोजले नेपाली हाँँस्यव्यङ्ग्य क्षेत्रमा निकै राम्रो छवि बनाएका छन् । राजा ज्ञानेन्द्रको शासनकालमै उनको हुबहु क्यारिकेचर गरेर निकै चर्चामा आएका मनोज गजुरेलले पहिलो पटक प्रचण्ड सार्वजनिक भएकै बेला प्रचण्डको क्यारिकेचर गरेर सबैलाई चकित पारेका थिए । उनी अन्य कलाकार भन्दा फरक व्यक्तित्वको पहिलो पटक गेटअपसहित हाउभाउ र बोलिचाली मिलाउन खप्पिस छन् । उनले गरेका क्यारिकेचरहरुमा पछिल्लो समयमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भेष सबै भन्दा चर्चित गेटअप हो । 

उनले दर्जनौ ख्याती प्राप्त व्यक्तित्वहरुको क्यारिकेचर गरेर नै लाखौँ प्रशंसकहरु बनाएका छन् । मनोज हाँस्यव्यङग्य अर्थात व्यवसायिक जीवनमा जति सफल भएका छन् त्यति नै व्यक्तिगत जीवनमा पनि सफल भएका छन् । उनले जीवनमा पाएको सबैभन्दा ठूलो खुशी हो श्रीमती मीना । उनले जसलाई चाहे त्यसैलाई पाए । उनको जन्मदिनको अवसरमा हामी उनका प्रेम र वैवाहिक प्रसंगलाई कोट्याउँदैछौँ ।

ब्लफ कलबाट लव कल हुँदै विवाह

मनोजले फेशन डिजाइनर मीना ढकालसँग विवाह गरेका हुन् । २०५२ सालमा पहिलो पटक भेट भएर एक अर्काको प्रेममा केही समय रमाएपछि मनोज र मीनाले २०५३ सालको वैशाखमा लगनगाँठो कसेका थिए ।

पहिलो भेट र प्रेम प्रसंगका बारेमा मनोज भन्छन्, ‘मैलै उनलाई देखेपछि उनी मलाई मन पर्न थाल्यो । काठमाडौंको पुतली सडकमा मेरो पसल थियो र उनी मेरो पसल अगाडिको अफिसमा काम गर्थिन् । अनि मैलै उनको अफिसको नम्बर पत्ता लगाएर ब्लफ कल गर्न थालेँ । झण्डै दुई महिना चल्यो यो प्रक्रिया । अनि पछि हामीले भेटघाट गर्यौँ ।  मैलै उनलाई गर्ने ब्लफ कल, ब्लफ नभयर लभ कल थियो ।’

मीना र मनोजले सामान्य तरिकाले गुहेश्वरी मन्दिरमा विवाह गरेका हुन् । खासमा मनोज गजुरेल उपाध्य बाहुन हुन् अनि मीना जैशी । यही कारण मनाजेकी आमाले मीनालाई सजिलै स्वीकार गर्न सकिनन् र विवाहमा पनि आइनन् । विवाहमा मनोजका केही साथीहरु र मीनाका केही आफन्तको मात्र उपस्थिति थियो । 

मीना नै मनोजकी डिजाइनर

मीनाले नै मनोजका सबै ड्रेसहरु डिजाइन गर्छिन् । उनका अनुसार मनोज फेशनमा त्यति सारो ध्यान दिन्नन् । तर मीनाले उनलाई सकेसम्म हरेक दिन राम्रो बनाउने कोशिस गर्छिन् । 

उज्यालो र forseenetwork.com को सहकार्य

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • को बन्ला पहिलो नेपाल अाइडल ?

    काठमाडौं, असोज ६ – शुक्रबार नेपाली संगीत पारखाीहरुले प्रथम नेपाल आइडल पाउने भएका छन् । लोकप्रिय रियालिटी टेलिभिजन शो नेपाल आइडलको ग्रान्ड फिनालेमा पुगेका तीन प्रतिस्पर्धीमध्येबाट शुक्रबार एक जना नेपाल आइडल बन्नेछन् ।

  • फ्राइडे रिलिज : हलमा ‘यती’ मात्रै

    काठमाडौं, असोज ६ – यो हप्ता नेपाली सिनेमा घरमा एउटा मात्रै चलचित्र लागेको छ ।

  • ‘आयो दसैँ आयो, चारैतिर खुशीयाली ल्यायो’ (भिडियोसहित)

    काठमाडौं, असोज ४ – गीतकार अम्बिका गुरुङको यसपालीको दसैँ गीत ‘आयो दसैँ आयो, चारै तीर खुशीयाली ल्यायो’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गीतकार गुरुङ पछिल्लो समय अमेरिकामा रहेर नेपाली गीतसंगीतमा अहोरात्र लागि पर्नु भएको छ ।

  • गायिका मिलन अमात्यले गरिन् डिभोर्स

    काठमाडौं, असोज २ – गायिका मिलन अमात्यले श्रीमानसँग औपचारिक रुपमा सम्बन्ध बिच्छेद गरेकी छिन् । केही समय अघि मिलन अमात्यले सम्बन्ध बिच्छेदका लागि निबेदन दिए पनि यो कुरालाई बाहिर ल्याउन चाहेकि थिइनन् ।

  • ​आमिर खानले रिजेक्ट गरेका यी कलाकार बने सुपरस्टार

    असोज १ – उनले आमिर खानको चलचित्र ‘धोबी घाट’ तथा अन्य केही टेलिश्रृङ्खलाका लागि अडिसन दिएका थिए । तर उनलाई लिइएन ।

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया