MENU

बातावरण-कृषि

Ncell Axiata
NIC Asia

भुँईस्याउ कृषकका समस्या : ‘नबेचौं लगानी डुब्छ, बेचौं किन्ने मान्छे छैन’

इलाम, वैशाख २९ – इलामको सन्दकपुर गाउँपालिकाका तारामणि खतिवडाले व्यवसायिक भुँईस्याउ उत्पादन गर्न थाल्नुभएको ९ वर्ष भयो । सुरुमा बिरुवा मात्र बेचेर एक लाख ५० हजार रुपैयाँ कमाई गर्नुभएका खतिवडा अहिले भुँईस्याउ बिक्री हुन छाडेपछि अन्य खेती गर्न थाल्नुभएको छ । इलाममा भुँईस्याउको उत्पादन बढेपनि बजार नहुँदा समस्या आएको कृषक खतिवडाले बताउनुभयो । 

इलाम नगरपालिका–३ का दिर्गमाया सुनुवारको पनि उस्तै समस्या छ । राम्रो बजार पाइने र रोप्दा पनि कम मेहनत गर्नुपर्ने भएकाले उत्पादन सुरु गरेपनि अहिले भुँईस्याउको व्यवसाय उँहालाई निल्नु न ओकेल्नु भएको छ । 

‘नबेचौं लगानी डुब्छ, बेचौं, किन्ने मान्छे छैन’ गाईलाई खोले बनाउँदै गर्नुभएका सुनुवारले काट्दै गर्नुभएको स्याउ देखाउँदै भन्नुभयो । 

प्रचार प्रसारको अभावले उत्पादन गरिएको भुँर्ईस्याउले बजार नपाएको माङ्गसेबुङ्ग गाउँपालिकाका व्यवसायी किशोर राईले बताउनुभयो । पहिले ३५ रुपैयाँ किलोले बिक्री गरेको भएपनि अहिले १० रुपैयाँमा बिक्री गर्छु भन्दा समेत स्याउँले बजार नपाएको उँहाले बताउनुभयो । राईले चार वर्ष अगाडि तीन हजार रुपौँ लगानी गरेर भुँईस्याउ रोप्नुभएको थियो । एक रोपनी जग्गाबाट सुरु गरेको खेती बढाएर तीन रोपनीसम्म रोप्दा राम्रो मूल्य पाएको स्याउको अहिले बजार नै नभएको राइको भनाइ छ । राईले भन्नुभयो ‘बिक्री नभएका कारण गाईवस्तुलाई खुवाएँ । गाउँगाउँमा सित्तैमा बाडेँ, कतिले रक्सी समेत बनाए । 

माइजोगमाई गाउँपालिकाका कृषक लक्ष्मण रेग्मीले पनि पाँच वर्षअघि एक सय ७५ रुपैयाँमा आधा किलो बिरुवा किनेर रोप्नुभएको थियो ।  पाँच वर्ष अगाडि यसको माग धेरै भएकोले व्यावसायिक रुपमा नै खेती गर्ने लक्ष्य लिएर रोपेको उहाँले बताउनुभयो । इलामका सबै गाउँपालिका तथा नगरपालिकामा यसको खेती गरिन्छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ​उद्योगी र उखु किसानबीच सहमति

    सर्लाही, मंसिर २७ –उद्योगी र उखु किसानका प्रतिनिधिबीच गत वर्षकै न्यूनतम मूल्य रहने गरी उखु क्रसिङ सुरु गर्ने सहमति भएको छ ।

  • काठमाडौंमा आज यो वर्षकै कम तापक्रम

    काठमाडौं, मंसिर २७ – काठमाडौंमा बुधबार बिहान यो वर्षकै कम तापक्रम मापन गरिएको छ । मौसम पूर्वानुमान शाखाका अनुसार बिहान काठमाडौंको तापक्रम ५ दशमलव ५ डिग्री सेल्सियस पुगेको थियो ।

  • समुद्री चरा संकटमा

    मंसिर २६ – माछा मार्ने क्रम बढ्नु र बदलिँदो समुद्री तापक्रमका कारण समुद्रमा आधारित चरा लोप हुने अवस्थामा पुगेको नयाँ तथ्यांकले देखाएको छ । विश्वमा चराको संख्याका बारेमा भएको नयाँ अध्ययन अनुसार समुद्रमा आधारित चरा अस्तित्वका लागि संघर्षमा रहेको देखिएको हो ।

  • बझाङमा पनि हिमपात : जनजीवन प्रभावित

    डीबी विष्ट / उज्यालो  बझाङ, मंसिर २६ – बझाङमा वर्षासँगै हिमपात भएको छ । सोमबार रातीबाट प...

  • वर्षा नहुँदा गहुँ छर्न समस्या

    बैतडी, मंसिर २१ – आकाशे पानीको भरमा खेती गर्दै आएका बैतडीका किसानले अहिलेसम्म वर्षा नहुँदा गहुँ छर्न पाएका छैनन् ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया