अकाल मृत्युको कारण

  • Posted: Monday, May 28, 2012 13:15 PM ( 3 years ago )
Total Views: 4.5 K

गोपाल गुरागाईं - संविधान सभाको सचिवालयमा नयाँ सविधानको मस्यौदा तयार थियो, त्यसमा केही शब्द मात्र खालि थिए, जुन सहमति भएपछि भर्ने तयारी थियो । राष्ट्रपति भवनमा नयाँ संविधान घोषणामा उपस्थित हुने निम्तो बाड्ने कार्ड तयार थिए, तिनमा संविधान घोषणाको समय र निम्तालुको नाम मात्र लेख्न बाँकी थियो । 

 
सभासदहरु १० दिन अघिदेखि नयाँ संविधान हात पार्न, पढ्न र त्यसमा सहमति जनाउन वा भोट हाल्न तयार थिए । जनजातिले एकलबाट बहु पहिचानमा जान र कांग्रेस एमालेले १४ वटा प्रदेशमा जान सहमति जनाई सकेका थिए ।
 
माओवादीले चाहेको भए हिजो पुरै र सग्लो संविधान आउन केहीले रोकेको देखिदैनथ्यो, र संक्षिप्त संविधान ल्याउन त कसैले कुनै बाधा र अवरोध पनि गरेको थिएन देखिने गरि । तर संविधान आउने बेला विवाद नमिलेको बहानामा त्यसको मृत्यू आयो । मृत्युको असली कारण कसैले बताएन ।
 
यहाँसम्म कि बिहानदेखि संविधान सभा भवनमा बसेका सभासदलाई पनि कुनै दलको नेताले कारण बताएनन्  । बरु संविधान सभालाई देशका अहिलेसम्मका सबैभन्दा बिद्वान प्रधानमन्त्री बाबुराम भट्टर्राईले दागबत्ती दिए, जस्का लागि उनीहरु १० बर्षलडेको र हजारौलाई मृत्युसैयामा पुर्‍याएकोमा गर्व गर्छन् ।
 
सर्वसम्मतिमा पास भएका, संबैधानिक रुपले सुत्रबध्द गरिएका र सबैजनाले चाहेको र जारी गर्न ठिक्क पारिएको संघीय गणतन्त्र नेपालको संविधान किन जारी हुन सकेन र कस्को कारणले संविधान सभा सबै काम सकेर आफुले कोखमा हर्काएको सन्तान जन्माउन नसकी मर्‍यो ? यस्को जवाफ कसैले पनि दिनु पर्दैन ?

प्रतिक्रिया दिनुहोस

साहित्य / कला

  • खुशीको खोजी

    खुशीको खोजी - मलाई खोज तिमी कतै थिचिएकी छु कतै मिचिएकी छु खोज मेरो विभत्स मुटुलाई

  • मलार्इ माफ गर आमा

    अनुषा न्यौपाने - मलार्इ माफ गर आमा आउन सकिन म तिम्रो आँसु पुछ्न भत्किएको घर बनाउन

  • भूकम्प यसपालिको

    ईष्या मानव प्रति प्रकट भयो भूकम्प ठुलो गयो ! काप्यो थर्र थर्री मेरुदण्ड देशको नरसंहार ठूलो भयो !!

  • भुँईचालोको डर (कविता) भुँईचालोको डर (कविता)

    अब यो भुँईचालो भन्ने चिजको नसा पो लागेजस्तो छ । नआउँदा कस्तो कस्तो लाग्ने आउँदा नि कस्तो कस्तो लाग्ने ।। घरको टुप्पामा बस्दा नि घर भत्किएर झरिएला भन्ने डर । फेदमा बस्दा पनि भत्केर थिच्ला भन्ने डर ।। अब यो भुँईचालो भन्ने चिजको नसा पो लागेजस्तो छ । नआउादा कस्तो कस्तो लाग्ने आउँदा नि कस्तो कस्तो लाग्ने ।।

  • घर हल्यो तार हल्यो भुँईचालो गएछ

    गीत – घर हल्यो तार हल्यो भुँईचालो गएछ ।

Join us on Facebook