MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
sagun

जिका भाइरस संक्रमणको आपतकालीन अवस्था अन्त्य भएको घोषणा

वैशाख २९ – ब्राजिलमा जिका भाइरसको संक्रमणको आपतकालीन अवस्था अन्त्य भएको घोषणा गरिएको छ । जिका भाइरस संक्रमणको दर निकै घटेको भन्दै स्थानीय अधिकारीले आपतकालीन अवस्था अन्त्य भएको घोषणा गरेको बिबिसीले जनाएको छ । 

गएको जनवरीदेखि अप्रिलसम्मको तथ्यांक अनुसार संक्रमण दर गत वर्षको यहि समयको तुलनामा ९५ प्रतिशतले घटेको छ । गएको चार महिनामा त्यहाँ जिका भाइरसका झण्डै ८ हजार संक्रमित भेटिएको छन् भने गत वर्ष सोही अवधिमा १ लाख ७० हजारभन्दा धेरै संक्रमित भएका थिए । जिका भाइरसबाट यो वर्ष भने अहिलेसम्म कसैको ज्यान नगएको ब्राजिलका अधिकारीले बताएका छन् । 

संक्रमित लामखुट्टेबाट सर्ने जिका भाइरसका कारण गर्भमा रहेका शिशुको दिमागको विकासमा असर पर्छ । जसका कारण सानो टाउको भएका बच्चा जन्मने गर्दछ । झण्डै ३० देशमा जिका भाइरसको संक्रमण देखिए पनि ब्राजिल सबैभन्दा बढी प्रभावित देश हो । विश्व स्वास्थ्य संगठनले भने गत वर्षको नोभेम्बरमै त्यहाँ जिका भाइरसको आपतकालीन अवस्था अन्त्य भएको घोषणा गरेको थियो ।  

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया