MENU

खेल

Ncell Axiata
USAID

आइपिएलः दिल्लीले जित्यो, पुणे पर्खिन बाध्य

वैशाख ३० – इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत शुक्रबार राति भएको खेलमा दिल्ली डेयरडेभिल्स विजयी भएको छ । फिरोज शाह कोट्ला रंगशालमा भएको खेलमा दिल्लीले राइजिङ पुणे सुपर जायन्टलाई ७ रनले हराएको हो । १ सय ६९ रनको लक्ष्य पछ्याएको पुणेले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६१ रनमात्र बनाउन सक्यो । उसका लागि मनोज तिवारीले ६०, स्टिवन स्मिथले ३८ तथा बेन स्टोक्सले ३३ रन बनाउनुबाहेक अरुले दोहोरो अंकमा रन जोड्न सकेनन् । यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले ८ विकेटको क्षतिमा १ सय ६८ रन बनायो । उसका लागि करुण नायरले ६४ तथा ऋसब पन्तले ३६ रन बनाए । हारपछि प्लेअफ पुग्नका लागि पुणेले अर्को खेल पर्खनु पर्ने भएको छ । दिल्ली १३ खेलबाट १२ अंकसहित छैटौं स्थानमा छ । १३ खेलबाट १६ अंक जोडेको पुणे तेस्रो स्थानमा छ । पुणे प्लेअफमा पुग्ने सम्भावना बलियो छ । तर निर्णयका लागि भने अर्को खेल पर्खनु पर्ने भएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया