MENU

खेल

Ncell Axiata
USAID

एभर्टनले जित्यो, बार्कलीको गोल निर्णायक

वैशाख ३० – इंग्लिस प्रिमियर लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा एभर्टन विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा एभर्टनले वाट्फोर्डलाई १–० ले हराएको हो । एभर्टनको जितमा रोस बार्कलीले गरेको गोल निर्णायक बन्यो । पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा ५६ औं मिनेटमा बार्कलीले गोल गर्दै एभर्टनलाई अग्रता दिलाए । त्यसपछि दुवै तर्फबाट गोल भएन र एभर्टन विजयी भयो । जितपछि सातौं स्थानको एभर्टनको लिगका तीन खेल बाँकी हुँदा ६१ अंक भएको छ । १५ औं स्थानको वाट्फोर्डको चार खेल बाँकी हुँदा ४० अंक छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया