MENU

खेल

Ncell Axiata
sagun

चेल्सी प्रशिक्षक कोन्टेको योजनाः ‘ग्रेट’ लाई ‘फेन्टास्टिक’ सिजन बनाउने

वैशाख ३० – दोहोरो उपाधिले चेल्सीको यो सिजनलाई फेन्टास्टिक बनाउने प्रशिक्षक एन्टोनी कोन्टीले बताएका छन् । चेल्सीले शुक्रबार राति भएको खेलमा वेष्ट ब्रोमलाई १–० ले हराउँदै लिगका दुई खेल बाँकी हुँदै प्रिमियर लिगको उपाधि जितेको हो । उपाधि पक्का गरेपछि चेल्सीका प्रशिक्षक कोन्टीले चेल्सीको उत्कृष्ट सिजनलाई एफए कपको पनि उपाधि जित्न सके फेन्टास्टिक बनाउने बताएका हुन् ।

चेल्सी बन्यो प्रिमियर लिग च्याम्पियन

चेल्सीले यहि मे २७ मा एफए कपको उपाधिका लागि वेम्बली मैदानमा आर्सनलसँग खेल्दैछ । चेल्सीले पछिल्लो तीन सिजनमा दोस्रो पटक तथा समग्रमा ६ पटक प्रिमियर लिगको उपाधि जितेको हो । प्रशिक्षक कोन्टेले भने ‘इंग्ल्याण्डमा मेरो यो पहिलो उपाधि हो, यो सफलताका लागि म निकै खुशी छु ।’ उपाधि जितेपनि खुशीयाली मनाउनका लागि लिगका अझै दुई खेल जित्नु पर्ने उनले बताए । उनले भने ‘खेलाडीले राम्रो व्यावसायिक चरित्र प्रदर्शन गरे । यो सिजनलाई ग्रेटबाट फेन्टास्टिक बनाउनका लागि एफए कपको उपाधि पनि जित्नु पर्छ ।’ कोन्टे युरोकप २०१६ को अन्त्यसँगै इटालीको प्रशिक्षकबाट छोडेर चेल्सीको प्रशिक्षकको रुपमा जिम्मेवारी सम्हाल्न आएका हुन् । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया