MENU

राजनीति

Ncell Axiata
sagun

भोट हाल्न घर जानेको संख्या बढ्दो, तर गाडी नपाइने समस्या, भाडा दोब्बर

विष्णु विश्वकर्मा/उज्यालो ।

काठमाडौं, वैशाख ३० – चुनावमा भोट हाल्नका लागि घर जान हिँडेकी धादिङकी आन्तरी तामाङ घण्टौँ कुरेपनि गाडी पाउनुभएन । घरीघरी कलंकी चोकतिर हेर्दै गाडी आयो कि भनेर बाटो कुर्नुभएकी उहाँले चार घण्टा बितिसक्दा पनि गाडी नपाउँदा हैरान देखिनुहुन्थ्यो ।  

‘बिहानैदेखि गाडी कुरेको अहिलेसम्म पनि पाएकी छैन । भोट हाल्न जाउँ भनेको । खोई, गाडी नआएको हो कि नभएको हो । बुझ्नै सकिन ।’ उहाँले गुनासो गर्नुभयो । तामाङ जस्तै आइतबार हुने चुनावमा भोट हाल्न घर जानेहरुलाई कलंकीमा लामै भिड लागेको देख्न सकिन्थ्यो । 

भाडा दोब्बर बढ्यो  

गाडी नपाउने समस्या मात्रै होइन गाडी सञ्चालकले पहिलेको भन्दा दोब्बर भाडा लिने गरेको गोेरखाका चन्द्रप्रसाद पन्तले गुनासो गर्नुभयो । ‘अघिदेखि नै कुरेको गाडी नै पाएको छैन’ उहाँले भन्नुभयो ‘पहिलो कुरा त गाडी पाईंदैन । पाए पनि महंगो भाडा भन्छन् ।’

वर्षौपछि भोट हाल्न जाने नागरिक कस्तो उम्मेद्वारलाई भोट हाल्ने भन्ने बारेमा सोच, विचार गरेर घर पुग्ने तयारीमा छन् । दलका नेता र पुरानै एजेन्डा भन्दा पनि स्थानीय स्तरका उम्मेद्वारको क्षमता, योजना हेरेर भोट दिने उहाँको भनाई छ ।

भोट हाल्नैपर्ने, नेताले विकास गर्ने हुन कि नाई ?

लामो समयपछि हुन लागेको स्थानीय तहको चुनावमा आफ्नो मताधिकार सुरक्षित गर्न पनि भोट हाल्नैपर्ने कलंकीमै गाडी कुर्दै बसेकी धादिङकी धनमाया घले बताउनुहुन्छ । भोट हालेपछि मात्रै गाउँटोलको विकास भए÷नभएको बारे उम्मेद्वारलाई प्रश्न गर्न सकिने उहाँको भनाई छ ।

यसअघि आफूले भोट हालेर जिताएका नेताले विकास नगरेपनि यसपटक स्थानीय तहको चुनाव भएकाले भोट हाल्नुपर्ने उहाँको जोड छ ।  ‘एक भोट त हाल्नैपर्छ । भोट हाले पो भोलि विकास किन गरेनौँ भनेर सोध्न पाइन्छ’ घलेले भन्नुभयो ‘भोट नहाले त कसरी प्रश्न उठाउनु ? त्यसैले भोट हाल्नैपर्छ । यसअघिका नेताले नगरेपनि यसपटक गाउँकै चुनाव हो । एक भोट त हाल्छु ।’

६० वर्ष कटेकालाई भोट नदिने !

तर सुर्खेतका बलराम बानियाँ संविधान अनुसार स्थानीय तहमा छुट्याइने ६० प्रतिशत बजेटलाई सही ठाउँमा सदुपयोग गर्न पनि चुनावमा भोट हाल्नैपर्ने बताउनुहुन्छ । चुनावपछि विकासको मुल फुट्ने तर यसका लागि ६० वर्षभन्दा मुनिका युवा उम्मेद्वारलाई भोट हाल्न आफू घर जान लागेको उहाँको भनाई छ ।

‘चुनावपछि विकासको मुल फुट्छ । तर यसका लागि युवालाई भोट दिनुपर्छ । मैले ६० वर्ष कटेकालाई भोट दिनेवाला छैन । युवाले जितेमात्रै देशको विकास हुन्छ’ उहाँले भन्नुभयो ।

ट्राफिक प्रहरी अनुसार सास्ती झेलेरै भएपनि दैनिक एक लाखका दरले १० लाख बढी नागरिक चुनावका लागि काठमाडौंबाट बाहिरिसकेका छन । सरकारले चुनावको दिन आइतबार बिदा दिएको छ । तर त्यो दिन गाडी नचल्ने भएपछि भोलिपल्ट फर्किदा पनि नागरिकले यस्तै सास्ती झेल्नुपर्ने निश्चित छ ।

त्यसैले घर जादाँ र फर्किदाको धपेडीसँगै योग्य, सक्षम र स्पष्ट योजना भएको उम्मेद्वारलाई पनि भोट दिनुपर्नेे दायित्व नागरिकले भुल्नुहुँदैन । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ‘२०७४’ चुनाव वर्ष

    काठमाडौं, मंसिर ९ –एकै वर्ष स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव भइरहेकाले नेपालको चुनाव इतिहासमा विक्रम संवत २०७४ चुनावै चुनावको वर्ष बनेको छ ।

  • बैतडीमा सातसय जनाले अझै हतियार बुझाएनन्

    बैतडी,मंसिर ९ – आइतबार चुनाव हुने बैतडीमा शनिबारसम्म पनि तीन सय चार जनाले मात्रै हतियार बुझाएका छन् । बैतडीमा अझै सात सय जना भन्दा बढीले हतियार बुझाएका छैनन् ।

  • ठूला दलबाटै आचारसंहिता उल्लंघन

    मोरङ, मंसिर ९ –आचारसंहिता विपरीत सार्वजनिक स्थलमा टाँगिएका प्रचार सामग्री निर्वाचन कार्यालयले हटाएको छ ।

  • ​बझाङमा बम विष्फोट

    बझाङ, मंसिर ९ – बझाङ जिल्लाको छविसपाथीभेरा गाउँपालिका –४, खिराङतोलाको नाङगो डाँडामा बम विष्फोट भएको छ ।

  • लमजुङका मतदाता उत्साहित, भन्छन् ‘जित्नेले जनता नभुलुन्’

    लमजुङ, मंसिर ९ – चुनाव नजिकिए झैँ मतदाता उत्साहित भएका छन् । पहिलो चरण अन्तर्गत आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा मतदान गर्न उनीहरु उत्साहित भएका हुन् ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया