MENU

खेल

Ncell Axiata
USAID

चेल्सीको उपाधि यात्राका हिरोहरु

वैशाख ३० – इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि चेल्सीले जितेको छ । लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा वेष्ट ब्रोमलाई १–० ले हराउँदै चेल्सीले दुई खेल बाँकी हुँदै उपाधि जितेको हो । चेल्सीको जितमा मिसी बात्सुईले खेलको अन्तिम तिर गरेको गोल निर्णयक बन्यो । तीन वर्षमा दोस्रो पटक उपाधि जित्ने क्रममा यही सिजन टिम सम्हाल्न आएका एन्टोनी कोन्टेको भूमिका महत्वपूर्ण रह्यो । चेल्सीले लिगमा यो सिजन अहिलेसम्म खेलेका ३६ खेलमा २८ खेल जितेको छ । तीन खेलमा बराबरीमा रोकिएको चेल्सी पाँच खेलमा पराजित भएको छ ।

चेल्सी बन्यो प्रिमियर लिग च्याम्पियन

चेल्सीले अहिलेसम्म ७६ गोल गरेको छ भने २९ गोल मात्रै खाएको छ । ४७ वर्षका कोन्टेका लागि पहिलो सिजनमा नै लिगको उपाधि जित्नु ठूलो सफलता हो । सन् २०१४–१५ मा उपाधि दिलाएका प्रशिक्षक जोसे मोरिन्होलाई बर्खास्त गरेर चेल्सीले कोन्टेलाई ल्याएको हो । कोन्टेको व्यक्तित्व, रणनीतिक कुशलता तथा खेलाडीको राम्रो प्रयोगले चेल्सी इंग्लिस फुटबलको च्याम्पियन बन्न सकेको बिबिसीका चिफ फुटबल राइटर फिल म्याकनुल्टीले बताएका छन् । चेल्सीले यो सिजन अहिलेसम्म लिगमा भएर्टनसँगको खेलमा निकालेको ५–० को जित सबै भन्दा फराकिलो जित हो । यस्तै आर्सनलसँगको ३–० को हार लिगमा उसको यो सिजन अहिलेसम्मको फराकिलो हार हो । चेल्सीलाई उपाधि दिलाउने क्रममा डिएगो कोस्टाले अहिलेसम्म २० गोल गरेका छन् । उनी प्रिमियर लिगमा सर्वाधिक गोलकर्ताको सूचिमा यो सिजन तेस्रो स्थानमा छन् । चेल्सीका अर्का महत्वपूर्ण खेलाडी हुन्, इडन हजार्ड । उनले यो सिजन अहिलेसम्म १५ गोल गरेका छन् । यस्तै पेड्रोले ९ गोल गरेका छन् भने विलियनले सात गोल गरेका छन् । यस्तै ग्यारी काहिल र मार्कस एलोन्सोले समान ६/६ गोल गरेका छन् । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया