MENU

विज्ञान प्रविधि

Ncell Axiata

ठूलो स्तरको साइबर आक्रमण, ९९ देशका कम्प्युटर प्रभावित

वैशाख ३० – ठूलो स्तरको साइबर आक्रमणका कारण विश्वका धेरै ठाउँका संघसंस्था प्रभावित भएका छन् । अमेरिकाको राष्ट्रिय सुरक्षा एजेन्सीले तयार पारेको अनुमान गरिएको रानसमवेयरको प्रयोग गरेर विश्वका धेरै ठाउँका संघसंस्थाका कम्प्युटरमा साइबर आक्रमण भएको हो । हजारौं स्थानका कम्प्युटर यसबाट प्रभावित भएका छन् । आक्रमणकारीले तीन सय अमेरिकी डलर बराबरको बिटकोइन माग गर्दै कम्प्युटर लक गरेका छन् । साइबर आक्रमणकारीले ह्याक भएका कम्प्युटरका फाइल फेरि पाउन पैसा खातामा जम्मा गरिदिन भनेका छन् भने पैसा नदिए फाइल नष्ट गरिदिने धम्की समेत दिएका छन् ।

गएको अप्रिलमा द स्याडो ब्रोकर्स् नामको ह्याकर समूहले अमेरिकाको राष्ट्रिय सुरक्षा एजेन्सीले बनाएको रानसमवेयर आफूले चोरी गरेर अनलाईन रिलिज गरेको बताएको थियो । अनलाइनमा रिलिज भएको त्यही रानसमवेयरको प्रयोगबाट अहिले कम्प्युटर ह्याक गरिएको हुन सक्ने अनुमान छ । माइक्रोसफ्टले मार्चमा ह्याक हुन जोगाउन प्याच जारी गरेको थियो । त्यो प्याच अपडेट नभएका कम्प्युटर बढी प्रभावित भएका छन् ।

अहिले भएको साइबर आक्रमणबाट बेलायत, अमेरिका, चीन, रुस, स्पेन, इटाली तथा ताइवानसहित ९९ देशका कम्प्युटर प्रभावित भएका छन् । रेनसमवेयरबाट प्रभावित भएका अहिलेसम्म ७५ हजार भन्दा बढी उजुरी आएको छ । यो साइबर आक्रमण ठूलो रहेको साइबर–सेक्युरिटी फर्म एवास्टले जनाएको छ ।

साइबर आक्रमणका कारण बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा एनएसएको सेवा निकै प्रभावित भएको छ । त्यहाँ बिरामीको स्वास्थ्य रेकर्ड पहुँच बाहिर पुगेको स्थानीय अधिकारीलाई उधृत गर्दै बिबिसीले जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • फेसबुकमा नयाँ फिचर, युट्युब जस्तै

    साउन २६ – सामाजिक सञ्जाल फेसबुकले नयाँ भिडियो फिचर ल्याउने भएको छ । भिडियो लाइभ फिचरले सफलता पाएपछि फेसबुकको युट्युब र टिभी नेटवर्कलाई चुनौती दिने गरी विभिन्न भिडियो हेर्न मिल्ने ‘वाच’ फिचर सुरु गर्न लागेको हो ।

  • गुगल कम्पनीमा खलबली, कारण के ?

    साउन २३ – कम्पनीका विभिन्न पदमा महिलालाई राख्ने पहलको विरोधमा गुगलका एक कर्मचारीको विचारका कारण अहिले खलबली मच्चिएको छ ।

  • पार्किन्सनको उपचारमा नयाँ सम्भावना : फैलिनबाट रोक्न सकिने

    साउन २१ – पार्किन्सन रोग फैलिनबाट रोक्न सकिने एक अध्ययनले देखाएको छ । मधुमेह रोगको उपचारका लागि प्रयोग गरिने औषधिको प्रयोग गरेर पार्किन्सन रोग थप बिस्तार हुनबाट रोक्न सकिने देखिएको अनुसन्धानमा संलग्न वैज्ञानिकले बताएका छन् ।

  • वंशाणुगत रोगबाट छुट्कारा पाउने उपाय, डिएनए एडिटिङ

    साउन १९ – भ्रुणको डिएनएमा गरिने सामान्य परिवर्तनबाट वंशाणुगत रुपमा लाग्ने रोगबाट जोगिन सकिने वैज्ञानिकले बताएका छन् । वैज्ञानिकले पहिलोपटक एक भ्रुणको डिएनएमा रहेको मुटु सम्बन्धी रोगको वंशाणुगत अवगुण हटाएका छन् ।

  • दक्षिण एसियामा तापक्रम बृद्धिको असर: मानिस बाँच्नै नसक्ने गरी गर्मी बढ्ने चेतावनी

    दक्षिण एसियामा गर्मी तथा आद्रता अस्वभाविक रुपमा बढ्दै गएको र यसका कारण दशौंलाख मानिस प्रभावित हुने देखिएको छ । नयाँ अध्ययन अनुसार विश्वव्यापी रुपमा भइरहेको तापक्रम बृद्धिले गर्दा दक्षिण एसियाली क्षेत्र बढी प्रभावित हुने देखिएको हो ।

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया