MENU

राजनीति

Ncell Axiata Naya Saptati
USAID

६५ वर्षका महवीर : गर्मीमा चार घण्टा वैशाखीको भरमा आएँ तर मतदाता पत्र पाइन

आदर्श केसी/उज्यालो । 

रुकुम, वैशाख ३० – शनिबार दिउँसो १ बजे चर्को गर्मीमा दुवै हातमा वैशाखी टेक्दै सानोभरी गाउँपालिकाको राप्ती ज्ञनोदय माविको मतदान केन्द्रमा ६५ वर्षका महवीर विक आइपुग्नु भयो । 

सुरुमा उहाँलाई सानोभरी गाउँपालिकाको सिम्ली बजारमा मतदाता परिचयपत्र दिने ठाउँ नै पत्ता लगाउन निकै धौ धौ भयो । बल्ल बल्ल पत्ता लाग्यो मतदाता परिचयपत्र दिने ठाउँ राप्ती ज्ञानोदय मावि सिम्ली । मतदाता परिचयपत्र बाड्ने ठाउँ भेटिएपछि उहाँ निकै उत्साही हुनु भयो । आफ्नो नागरिकता कर्मचारीलाई देखाउँदै परिचयपत्र माग्नु भयो । 

तर त्यहा खटिएका कर्माचारीहरुले धेरै समय लगाएर उहाँको परिचय पत्र खोजे तर भेटाउन सकेनन् । उहाँले भोट हाल्ने मतदाता परिचयपत्र नभेटेपछि आखाँबाट आसु झार्नु भयो । ‘झण्डै चार घण्टा वैशाखीको भरमा पैदल हिँडेर भोट हाल्ने रहरले यहाँ आएको हुँ, मेरो नाम किन भेटिएन ?’ खिन्न हुँदै उहाँले निर्वाचन कार्यालयलाई गालीसमेत गर्नु भयो ।

‘मेरो आत्मामा छ मैले कसलाई भोट दिने भन्ने फैसला’ आफ्नो परिचयपत्र लिन निकै उत्साही हुँदै भित्र पसेका बिक खाली हात बाहिर निस्कदा निकै खिन्न र दुःखी देखिनु हुन्थ्यो । ‘मेरो घरमा जान्ने बुझ्ने कोही छैन, म छोरीको घरमा बस्छु, नाम टिप्न आएका थिए, सायद कर्मचारीले मलाई वास्ता नगरेर मेरो नाम छुटेको होला’ उहाँले भन्नु भयो । 

पहिलो संविधान सभाको चुनावमा आफूले भोट हाले पनि बिरामीका कारण दोस्रो संविधानसभाको चुनावमा भोट हाल्न नपाएको उहाँको भनाई छ । ‘मलाई माथी माथीका चुनाव भन्दा यस्तै तल्लो निकायको चुनावमा भोट हाल्न रहर लाग्छ त्यही कारणले म अपाङ्ग मान्छे यहाँ आएको हुँ’ उहाले भन्नु भयो, ‘मैले २०४८ देखि यताका गाविसका चुनावमा भोट हालेको हुँ, त्यतिबेला निकै उत्साह हुन्थ्यो अहिले सरकारले गरेको ब्यवस्थाले मैले मर्ने बेला स्थानिय चुनावमा भोट हाल्न पाइन’ बिकले दुःखेसो गर्नु भयो । 

विकका सहारा भनेकै एउटी छोरी हुन् । दुवै खुट्टा केही वर्षदेखि नचल्दा उहाँ बैशाखीको साहाराले ओहोरदोहोर गर्नु पर्छ । ‘म दश वर्षदेखि जाजरकोटमा बस्दै आएको छु गाडी भाडा सापटी मागेर भोट हाल्न रुकुम पुगेको तर मेरो सपना अधुरो रह्यो’ उहाँले भन्नु भयो । 

निर्वाचन कार्यालयको लापरबाहीका कारण संविधान सभाको पहिलो र दोस्रो निर्वाचनमा समेत मतदान गरेका ब्यक्तिहरुको समेत मतदाता परिचयपत्र आएको छैन । यस विषयमा सम्बन्धित मतदान केन्द्रका प्रमुखहरुले केही गर्न नसक्ने बताएका छन् । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया