खेल
मारेजको पेनाल्टीले मान्यता पाएन, म्यानचेस्टर सिटीले लेस्टरलाई हरायो
- Saturday, May 13, 2017
- 19:35 PM ( 11 months ago )
- Total Views: 22.1 K
वैशाख ३० – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा म्यानचेस्टर सिटीले लेस्टर सिटीलाई २–१ गोल अन्तरले हराएको छ । म्यानचेस्टर सिटीका लागि खेलको २९ औँ मिनेटमा सिल्भाले र पेनाल्टीमार्फत ३६ औँ मिनेटमा जेससले गोल गरे ।
लेस्टरका लागि ओकाजाकीले ४२ औँ मिनेटमा गोल गरेका हुन् । खेलको ७७ औँ मिनेटमा लेस्टरले पाएको पेनाल्टीको सदुपयोग गर्दै मारेजले गोल गरे पनि त्यो गोलले मान्यता पाएन । पेनाल्टी हान्ने क्रममा उनले दुईपटक बल हानेको भन्दै गोलले मान्यता नपाएको हो । उनको देब्रे खुट्टाले पहिले नै बल छोएको थियो र दाहिने खुट्टाले पेनाल्टी प्रहार गरेका थिए । पेनाल्टी हान्न लाग्दा चिप्लिँदा उनको देब्रे खुट्टाले पहिले नै बल छोएको थियो ।
जितसँगै म्यानचेस्टर सिटी अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । सिटीको ३६ खेलबाट ७२ अंक भएको छ । ३६ खेलबाट ४३ अंक भएको लेस्टर नवौँ स्थानमा छ । ३६ खेलबाट ८७ अंकसहित चेल्सी विजेता बन्ने पक्का भएको छ भने ३५ खेलबाट दोस्रोमा रहेको टोटनह्यामको ७७ अंक छ ।
सम्बन्धित सामग्रीहरु
-
माइभ्याली गोल्डकप : बंगलादेशको कावरानलाई हराउँदै एपीएफ क्वार्टरफाइनलमा
इलाम, वैशाख ७ ˗ बंगलादेशको कावरान प्रगति संघलाई पराजित गर्दै सशस्त्र प्रहरीको एपीएफ क्लब इलाममा जारी चौँथो अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप माइभ्याली फुटबल प्रतियोगीताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
-
१८ औं एशियाली खेलकुदका लागि नेपाली प्याराग्लाइडिङ टोली छनोट
काठमाडौं, वैशाख ७ – आउँदो अगष्ट १८ देखि सेप्टेम्बर २ सम्म इण्डोनेशियामा हुने १८औं एशियाली खेलकुदका लागि प्याराग्लाइडिङ टोली छनोट गरिएको छ ।
-
वेंगरले आउँदो सिजनमा आर्सनल छाड्ने
काठमाडौं, वैशाख ७ – आर्सनलका प्रशिक्षक आर्सन वेंगरले यो सिजनको अन्त्यमा क्लब छाड्ने भएका छन् ।
-
छोरीलाई के होला यो भन्दा सुन्दर ‘बा’ को उपहार !
वैशाख ७ – यसपटकको आईपीएल क्रिकेटमा पहिलो शतक प्रहार गर्ने खेलाडी बनेका छन् किङ्स इलेभेन पञ्जाबका क्रिस गेल ।
-
इंग्लिस प्रिमियर लिगको शीर्ष चारमा पर्ने चेल्सीको झिनो आशा
वैशाख ७ – बर्नलीलाई हराउँदै चेल्सीले इंग्लिस प्रिमियर लिगको शीर्ष चारमा पर्ने झिनो सम्भावना जिवितै राखेको छ ।
-
दलितलाई नै चल्दैन दलितले छाेएकाे पानी
बझाङ, वैशाख ७ – सदरमुकाम समेत रहेको तत्कालिन चैनपुर गाविसकी आशा रसाइली (सुनार) ले स्थानीय बिक थर भएका युवासँग प्रेम विवाह गरिन ।
- प्रदेश २ मा अन्तर्राष्ट्रिय क्रिकेट मैदान बन्छ : मुख्यमन्त्री राउत
- चितवन राष्ट्रिय निकुञ्जले किन बंगुर र माछा खान रोक्यो ?
- २० विद्यालयले पाए कम्प्युटर ल्याब निर्माणका लागि अनुदान रकम
- माइभ्याली गोल्डकप : बंगलादेशको कावरानलाई हराउँदै एपीएफ क्वार्टरफाइनलमा
- बलात्कारमा संलग्न बालकलाई ६ वर्ष कैद सजाय
- १८ औं एशियाली खेलकुदका लागि नेपाली प्याराग्लाइडिङ टोली छनोट
- उत्तर र दक्षिण कोरियाबीच टेलिफोन हटलाइन स्थापना
- गाउँपालिकाको केन्द्र नसार्न सर्वोच्चको अन्तरिम आदेश
- स्थापनाकै दिन फुट्यो राजपा नेपाल
प्रतिक्रिया दिनुहोस