MENU

खेल

Ncell Axiata
USAID

आइपिएल : गुजरात ८ विकेटले पराजित, हैदराबाद दोस्रो स्थानमा

काठमाडौं, वैशाख ३० – इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा सनराइजर्स हैदराबादले गुजरात लायन्सलाई ८ विकेटले हराएको छ । गुजरातले दिएको १ सय ५५ रनको लक्ष्य हैदराबादले ११ बल बाँकी छँदै दुई विकेट जाँदा पूरा गरेको हो । जितसँगै हैदराबाद प्ले अफमा छनाैट भएको छ । 

हैदराबादका लागि डेबिड वार्नरले ५२ बलमा ६९ रन, विजय शंकरले ४४ बलमा ६३ रन बनाए । यस्तै शिखर धावनले ११ बलमा १८ रन बनाए । गुजरातका प्रविण कुमारले दुई विकेट लिए । जितसँगै हैदराबाद अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । १४ खेलबाट हैदराबादको १७ अंक छ । 

यसअघि टस हारेपछि पहिले ब्याटिङ गरेको गुजरातले १९ ओभर दुई बलमा १ सय ५४ रन बनाउँदा सबै विकेट गुमाएको थियो । गुजरातका डायन स्मिथले ३३ बलमा ५४ रन, इशान किसनले ४० बलमा ६१ रन, रविन्द्र जडेजाले १४ बलमा २० रन बनाए । हैदराबादका मोहम्मद सिराजले चार, रसिद खानले तीन, भुवनेश्वर कुमारले दुई साथै सिद्धार्थ कौलले एक विकेट लिए ।  
 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया