MENU

समाज

Ncell Axiata Naya Saptati
USAID

महाकालीमा तीन किशोर बेपत्ता

भीमदत्तनगर, वैशाख ३१ – महाकाली नदीमा बगेर तीन किशोर बेपत्ता भएका छन् । 

महाकाली नदीमा नुहाउने क्रममा कञ्चनपुरको भीमदत्तनगरपालिका–१४ बनकट्टीका १६ वर्षीय कपिल खाती, १६ वर्षीय दिपेश कुँवर र बनकट्टीकै १५ वर्षीय राहुल उपाध्याय बेपत्ता भएका इलाका प्रहरी कार्यालय, दोधारा चाँदनीका प्रमुख प्रहरी निरीक्षक बिरादत्त पन्तले बताउनुभयो । 

तीनैजना दोधारा चाँदनी झोलुङ्गे पुलभन्दा करिब पाँच सय मिटर दक्षिणतर्फबाट नदीमा बगेर बेपत्ता भएका थिए । उनीहरूको खोजीमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासी जुटेका छन् । रासस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया