MENU

समाज

Ncell Axiata

काभ्रेमा गोली लागेर एकजनाको मृत्यु

काभ्रे, वैशाख ३१ – काभ्रेको नमोबुद्ध नगरपालिका–४, मेथीनकोटमा गोली प्रहारबाट नवराज पाठकको ज्यान गएको छ । शनिबार राति गोली लागेर घाइते भएका पाठकको धुलिखेल अस्पतालमा ज्यान गएको हो । पाठकलाई चुनाव सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरीले गोली हानेको गाउँलेले आरोप लगाएका छन् ।

तर जनक बहुमुखी क्याम्पस मतदान केन्द्रमा खटिएका सशस्त्रका प्रहरी सहायक निरीक्षक ऋषिकान्त मण्डलले भने मोटरसाइकलमा आएका दुईजनाले पाठकलाई गोली हानेर भागेको र आफूहरुले उद्धार गरी अस्पतालमा पु¥याएको दाबी गर्नुभएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया