MENU

समाज

Ncell Axiata Naya Saptati
USAID

मतदान गर्न २२ लाख मानिस काठमाडौं बाहिर

काठमाडौं, वैशाख ३१ – स्थानीय तहको चुनावका लागि झण्डै २२ लाख मानिस काठमाडौं बाहिर गएका छन् । काम र पढाईको सिलसिलामा काठमाडौं बसेका मतदाता जिल्ला जिल्ला गएका हुन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार शनिबार घर जानेहरुको घुईंचो धेरै थियो ।

आइतबार चुनावका दिन बिहान ५ बजेदेखि बेलुकी ७ बजेसम्म निर्वाचन आयोगबाट अनुमति लिएका गाडी मात्र चल्न पाउने छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी महाशाखाका प्रहरी निरीक्षक मधुसूदन सिलवालका अनुसार अनुमतिपत्र नलिएका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

विहानैदेखि ट्राफिक प्रहरी गाडीको जाँचमा खटिएका छन् । सुरक्षाकर्मी, सूचना विभागबाट अनुमति पत्र लिएका तथा पर्यटक सुरक्षाकर्मीका सवारी साधन भने सञ्चालनमा आउने छ । विदेशबाट आएका पर्यटकहरूका लागि त्रिभुवन विमानस्थलबाट तीनवटा बेग्लाबेग्लै रुटमा सवारी साधन सञ्चालन गरिने छ  । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया