MENU

राजनीति

Ncell Axiata Naya Saptati
USAID

आयोगद्धारा मतदान केन्द्रको अनुगमन

ललितपुर, वैशाख ३१ – निर्वाचन आयोगले ललितपुरका विभिन्न मतदान केन्द्रमा भैरहेको चुनावी अवस्थाबारे अनुगमन गरेको छ । प्रमुख निर्वाचन आयुक्त आयोधीप्रसाद यादवको टोलीले ललितपुरको सातदोबाटो, जावलाखेल लगायत मतदान केन्द्रको अनुगमन गरेको हो ।

अनुगमनका क्रममा मतदान शान्तिपूर्ण तरिकाले भैरहेको र मतदाता उत्साहित भएर चुनावमा भाग लिइरहेको पाइएको प्रमुख निर्वाचन आयुक्त यादवले बताउनुभयो ।

मतदाता शिक्षा अपर्याप्त भएको र मतदाता झुक्किन सक्ने कुरा आएपनि आफूले त्यस्तो नपाएको र अलमल नभइ भोट दिइरहेको पाएको उहाँले जानकारी दिनुभयो ।

‘मैले अनुगमनका क्रममा मतदाता झुक्किएको, अलमल परेको कतै पनि पाइन, एकदम उत्साहित भएर बूढाबूढी, अपाङ्गता भएका, महिला, गर्भवती समेत आएको देखें अहिले शान्तिपूर्ण तरिकाले मतदान भैरहेको छ’ प्रमुख निर्वाचन आयुक्त यादवले भन्नुभयो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया