MENU

राजनीति

Ncell Axiata
chhaka panja

चितवनमा नागरिकको उत्साहपूर्ण सहभागिता (तस्बिरसहित)

राधेश्याम खतिवडा/उज्यालो । 

चितवन, वैशाख ३१ – प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवनको भरतपुर महानगरपालिका वडा नं ४ लंकुस्थित लक्ष्मी मावि ‘ख’ मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले सबैभन्दा पहिले बिहान ७ बजेर ८ मिनेटमा मतदान गर्नुभएको हो । लंकु मतदान केन्द्रमा प्रधानमन्त्रीले मतदान गरेपछि अरु मतदाताले मतदान सुरु गरेका थिए । मतदानपछि पत्रकारलाई प्रतिक्रिया दिँदै प्रचण्डले अपेक्षा गरिएको भन्दा बढी मतदान हुने बताउनुभयो ।

प्रधानमन्त्री पत्नी सीता दाहाल भने शान्तिनगर मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । भरतपुर महानगरपालिकामा दाहालपुत्री रेणु दाहाल मेयर पदकी उम्मेदवार हुनहुन्छ । 


यसैविच पुर्व अर्थमन्त्री एवंम एमाले स्थाई कमिटी सदस्य सुरेन्द्र प्रसाद पाण्डेले चितवनको राप्ती नगरपालिका वडा नं ५ भन्डारा स्थित हेल्थ पोस्ट बुथ मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । जिल्लाका सात स्थानीय तहबाट २ हजार २ सय ३ जनाले विभिन्न पदमा उम्मेदवारी दिएका छन् । जसमध्ये प्रमुख पदमा ६९ र उपप्रमुख पदमा ५५ जनाले उम्मेदवारी दिएका हुन् । जसमध्ये ५ सय ४ जना निर्वाचित हुनेछन् । भरतपुर महानगरपालिकामा ६ सय ८४ जनाले उम्मेद्वारी दिएका छन् । प्रमुख पदमा १४ जना र उपप्रमुख पदमा ११ जनाले उम्मेद्वारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

भरतपुर महानगरपालिकामा २९ वटा वडा रहेका छन् । जहाँ १४७ जना निर्वाचित हुनेछन् । भरतपुर महानगरपालिकामा एक लाख ५० हजार २ सय ७४ मतदाता रहेका छन् । जिल्लाको कूल मतदाता ३ लाख १३ हजार २ रहेको छ । यसलाई हेर्दा झण्डै आधा मतदाता भरतपुर महानगरपालिकामा रहेका छन् ।

जिल्लाको दोस्रो ठूलो रत्ननगर नगरपालिकामा ३ सय ८३ जनाले उम्मेद्वारी दिएका छन् । जसमध्ये १२ जना प्रमुख र ११ जना उपप्रमुख रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । रत्ननगरमा १६ वटा वडा रहेका छन् । जहाँ ८२ जना निर्वाचित हुनेछन् । ४३ हजार १ सय ५४ जना मतदाता रहेको रत्ननगर नगरपालिकामा चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वार सौराहा समेत पर्दछ ।

खैरहनी नगरपालिकामा २ सय ९६ जनाको उम्मेदवारी परेको छ । जसमा प्रमुख पदमा ११ जनाको र ९ जनाको उपप्रमुख पदमा उम्मेदवारी परेको छ । खैरहनीमा १३ वटा रहेका छन् । जहाँ ६७ जना निर्वाचित हुनेछन् । खैरहनीमा ३३ हजार २ सय ६३ मतदाता रहेका छन् ।

राप्ती नगरपालिकामा २ सय ६८ जनाले उम्मेदवारी दिएका छन् । प्रमुख पदमा १० जना र उपप्रमुख पदमा ७ जनाको उम्मेदवारी परेको छ । राप्तीमा १३ वटा वडा रहेका छन् । जहाँ ६७ जना निर्वाचित हुनेछन् । जसमध्ये वडा नम्बर ११ की दलित महिला सदस्य चन्द्रमाया सुनार निर्विरोध हुनु भएको छ । वडा नम्बर १३ मा दलित महिला सदस्य पदमा उम्मेद्वारी नपरेपछि खाली रहेको छ ।

कालिका नगरपालिकामा २ सय ४७ जनाको उम्मेदवारी परेको छ । प्रमुख पदमा ९ जना र उपप्रमुख पदमा ८ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो । कालिकामा ११ वडा रहेका छन् । जहाँ ५७ जना निर्वाचित हुनेछन् । कालिकाका मतदाता २२ हजार ९ सय ८७ जना रहेका छन् ।

निकुञ्ज पारीका नगरपालिका माडीमा २१४ जनाको उम्मेद्वारी परेको छ । प्रमुख पदमा ८ जना र उपप्रमुखमा ६ जनाको उम्मेदवारी परेको हो । माडीमा ९ वटा वडा रहेका छन् । जहाँ ४७ जना निर्वाचित हुनेछन् । माडीमा २१ हजार ६ सय ७२ मतदाता रहेका छन् ।

जिल्लाको एकमात्र गाउँपालिका ईच्छाकामनामा १ सय ११ जनाको उम्मेदवारी परेको छ । जसमा ५ जना प्रमुख र ३ जना उपप्रमुख पदमा भिड्दैछन् । जिल्लाको पहाडी भूभाग समेटेर बनेको ईच्छकामनामा ७ वडा रहेका छन् । जहाँ ३७ जना निर्वाचित हुने थिए तर वडा नं. १ मा महिला लित सदस्य पदमा उम्मेदवारी नपरेपछि निर्वाचित संख्या एक घट्ने भएको छ । ईच्छाकामनामा ११ हजार ६ सय ५४ मतदाता रहेका छन् ।

चितवनमा उमेदवार काे काे र?

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया