MENU

राजनीति

Ncell Axiata
USAID

सुर्खेतमा छाता ओढेर मतदान

भावुक योगी/उज्यालो । 

सुर्खेत, वैशाख ३१ – स्थानीय तहको चुनावका लागि सुर्खेतमा पनि शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । सबै मतदान स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताउनुभयो । पूर्व गृहमन्त्रि तथा अहिले सुर्खेत क्षेत्र नम्बर १ का कांग्रेस सांसद पूर्णबहादुर खड्का सुर्खेतको गुर्भाकोट नगरपालिकाको सूर्यज्योती मावि मेहलकुनाबाट मतदान गर्नु भएको छ ।

यस्तै सहकारी तथा गरिवी निवारण मन्त्रि एवम् अहिले सुर्खेत क्षेत्र नम्बर २ का कांग्रेस सांसद हृदयराम थानीले विरेन्द्रनगर नगरपालिकाको सरस्वति प्राविबाट मतदान गर्नु भएको छ । पूर्व पर्यटन मन्त्रि तथा एमाले पोलीटब्युरो सदस्य यमलाल कँडेलले विरेन्द्रनगर ४ भैरव माविबाट मतदान गर्नु भएको छ । सुर्खेतमा १ सय ३८ मतदान स्थल र २ सय ४० मतदान केन्द्र छन् । 

सुर्खेतमा छाता ओढेर मतदान

सुर्खेतमा छाता ओढेर मतदान

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ​ प्रहरीका सई वडाध्यक्षका उम्मेदवार

    तेह्रथुम, असार ८ – तेह्रथुममा प्रहरी नायव निरीक्षक रामबहादुर खड्काले जागिर छाडेर वडाध्यक्षमा उम्मेदवारी दिनुभएको छ ।

  • बाबु छोरा नै स्वतन्त्र उम्मेदवार

    ओखलढुंगा, असार ८ – ओखलढुंगाको माने भन्ज्याङ गाउँपालिकामा बाबु छोरा नै स्वतन्त्र उम्मेदवार बनेका छन् । माने भन्ज्याङ गाउँपालिका-४ का पर्वलाल तामाङ गाउँपालिका प्रमुखका उम्मेदवार बन्नुभएको छ । छोरा मोहनकुमार तामाङ वडा अध्यक्षको उम्मेदवार बन्नुभएको छ ।

  • ओलीले झापा पुगेर भने – खोलाले बिगार गर्‍यो, खोलो गाउँ पस्यो भने मलाई सम्पर्क गर्नुहोला

    झापा, असार ८ – एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीले देश विकासको काम एमाले बाहेक कसैले पनि गर्न नसक्ने बताउनुभएको । बिहीबार झापाको गौरादहमा आयोजित चुनावी सभामा बोल्दै अध्यक्ष ओलीले एमालेले नागरिकमा विकासको आशा जगाएको दाबी गर्नुभयो ।

  • टीकापुर वडा नं ७ मा नयाँ शक्तिबाट सबै महिला उम्मेदवार

    कैलाली, असार ८ – नयाँ शक्ति नेपालले स्थानीय तह चुनावका लागि टीकापुर नगरपालिकाको एउटै वडामा महिला उम्मेदवार मात्रै खडा गरेको छ । संघीय समाजवादी फोरमसँग तालमेल गरेको नयाँ शक्तिले वडा नं ७ मा उपप्रमुख पदसहित बाँकी सबैमा महिलालाई उम्मेदवार बनाएको निर्वाचन अधिकृत मनप्रसाद रेग्मीले जानकारी गराउनुभयो ।

  • नेपालगञ्ज चुनावको फैसला ‘कत्लको रात !’ फेरिएला पुरानो शैली ?

    नेपालगञ्ज, असार ८ – बाँकेका ८ वटा स्थानीय तहमध्ये सबै राजनीतिक दलको ध्यान नेपालगञ्ज उपमहानगरपालिकामा केन्द्रित छ । नेपालगञ्ज उपमहानगरपालिकामा मेयरमा १६ र उपमेयरमा १० जनाको उम्मेदवारी परेको छ ।

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया