MENU

समाज

Ncell Axiata
USAID

किरियापुत्रीद्वारा कोटेश्वरमा मतदान

काठमाडौं,  वैशाख ३१ –  कोटेश्वर वासुकीनगर, सिद्धमार्गका किरियापुत्री अर्जुनबहादुर बस्नेतले नवज्योति स्कुल मतदान केन्द्र कोटेश्वरबाट मतदान गर्नुभएको छ ।

उहाँका बुबा लोकबहादुरको ९२ वर्षका उमेरमा यही वैशाख २३ गते निधन भएको हो । किरीयापुत्रीसँगै उहाँकी श्रीमती शान्ता र छोरा असिमसिंहले पनि मतदान गर्नुभयो । मतदानका लागि अर्जनु घरबाट ५ मिनेटको दूरीमा रहेको मतदान केन्द्रसम्म हिँडेर जानुभएको थियो । 

आफू किरियामा बसे पनि बीस वर्षपछि स्थानीय तहको चुनाव हुन लागेकाले आफू र आफ्नो परिवारले आफ्ना अमूल्य मतको प्रयोग गर्ने मौकाको सदुपयोग गरेको उहाँले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया