MENU

राजनीति

Ncell Axiata
USAID

चार ठाउँका बम निष्क्रिय, सुरक्षा अवस्था सामान्य

नारायण अधिकारी/उज्यालो । 

काठमाडौं, वैशाख ३१ – आइतबार अहिलेसम्म चार ठाउँमा बम निस्क्रिय पारिसकेको प्रहरी जनाएको छ । चन्द्रागिरी, मध्यपुर ठिमी, काभ्रेको पाँचखाल, दैलेखको बिन्द्रासैनी गरी चार ठाउँ बम निस्क्रिय पारेको नेपाल प्रहरीले जनाएको छ ।

काठमाडौं चन्द्रागिरी नगरपालिका–२ ट्वाटीपाखास्थित पिपलबोट चौतारामा प्लाष्टिकको झोलामा फेला परेको प्रेसर कुकर बम प्रहरी र नेपाली सेनाको टोलीले निस्क्रिय पारेको नेपाल प्रहरीका प्रवक्ता सर्वेन्द्र खनालले जानकारी दिनुभयो । 

त्यसैगरी भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–३ मदनसुन्दर श्रेष्ठको घरको सटर अगाडि भेटिएको सकेट बम पनि  निष्क्रिय पारिएको छ । खतरा लेखिएको पोकाभित्र फेला परेका सकेट बम नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले निष्क्रिय पारेको हो । 

काभ्रेको पाँचखाल नगरपालिका–४ समाजकल्याण चोकस्थित अरनिको राजमार्गमा फेला परेको सकेट बम पनि निस्क्रिय पारिएको छ । सकेट बम जस्तो देखिने तार सहितको बम प्रहरीले  नेपाली सेनासँग समन्वय गरी शान्ति मिसन तालिम केन्द्र पाँचखालमा राखेर निष्क्रिय पारेको जनाएको छ । 

दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–८ बिन्द्रासैनीमा खतरा लेखेको बोतल बम पनि निष्क्रिय पारिएको छ । आइतबार दिउँसो फेला परेको बम नेपाली सेनाले निष्क्रिय पारेको हो । काठमाडौं उपत्यकासहित केही ठाउँमा बम फेला परेपनि सुरक्षाको अवस्था सामान्य रहेको प्रहरी प्रवक्ता सर्वेन्द्र खनालले जानकारी दिनुभयो ।  

विष्फोटक पदार्थ निष्क्रिय पारेपनि राख्ने व्यक्ति भने प्रहरीले पक्राउ गर्न सकेको छन् । उनीहरुको खोजी गरिरहेको प्रहरीले जनाएको छ । केही ठाउँमा बम भेटिएपनि समग्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको प्रहरीले जनाएको छ । सुरक्षाका कुनै कसर बाँकी नराखेकाले नागरिकले ढुक्क भएर भोट हाल्न सक्ने प्रहरीले जनाएको छ । 

- तस्बिरः ऋग्वेद शर्मा

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • प्रहरीका सई वडाध्यक्षका उम्मेदवार

    तेह्रथुम, असार ८ – तेह्रथुममा प्रहरी नायव निरीक्षक रामबहादुर खड्काले जागिर छाडेर वडाध्यक्षमा उम्मेदवारी दिनुभएको छ ।

  • बाबु छोरा नै स्वतन्त्र उम्मेदवार

    ओखलढुंगा, असार ८ – ओखलढुंगाको माने भन्ज्याङ गाउँपालिकामा बाबु छोरा नै स्वतन्त्र उम्मेदवार बनेका छन् । माने भन्ज्याङ गाउँपालिका-४ का पर्वलाल तामाङ गाउँपालिका प्रमुखका उम्मेदवार बन्नुभएको छ । छोरा मोहनकुमार तामाङ वडा अध्यक्षको उम्मेदवार बन्नुभएको छ ।

  • ओलीले झापा पुगेर भने – खोलाले बिगार गर्‍यो, खोलो गाउँ पस्यो भने मलाई सम्पर्क गर्नुहोला

    झापा, असार ८ – एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीले देश विकासको काम एमाले बाहेक कसैले पनि गर्न नसक्ने बताउनुभएको । बिहीबार झापाको गौरादहमा आयोजित चुनावी सभामा बोल्दै अध्यक्ष ओलीले एमालेले नागरिकमा विकासको आशा जगाएको दाबी गर्नुभयो ।

  • टीकापुर वडा नं ७ मा नयाँ शक्तिबाट सबै महिला उम्मेदवार

    कैलाली, असार ८ – नयाँ शक्ति नेपालले स्थानीय तह चुनावका लागि टीकापुर नगरपालिकाको एउटै वडामा महिला उम्मेदवार मात्रै खडा गरेको छ । संघीय समाजवादी फोरमसँग तालमेल गरेको नयाँ शक्तिले वडा नं ७ मा उपप्रमुख पदसहित बाँकी सबैमा महिलालाई उम्मेदवार बनाएको निर्वाचन अधिकृत मनप्रसाद रेग्मीले जानकारी गराउनुभयो ।

  • नेपालगञ्ज चुनावको फैसला ‘कत्लको रात !’ फेरिएला पुरानो शैली ?

    नेपालगञ्ज, असार ८ – बाँकेका ८ वटा स्थानीय तहमध्ये सबै राजनीतिक दलको ध्यान नेपालगञ्ज उपमहानगरपालिकामा केन्द्रित छ । नेपालगञ्ज उपमहानगरपालिकामा मेयरमा १६ र उपमेयरमा १० जनाको उम्मेदवारी परेको छ ।

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया