MENU

समाज

Ncell Axiata Naya Saptati
USAID

भोट हाल्न लाइन बसेका एक युवकको मृत्यु

मकवानपुर, वैशाख ३१ – मकवानपुरको इन्द्रसरोबरमा मतदान गर्न लाइन बसेका एक युवकको ज्यान गएको छ । 

भोट हाल्न आइतबार बिहानै सिस्नेरीमा रहेको बत्सलादेवी मावि आएका इन्द्रसरोबर गाउँपालिका वडा नम्बर ३ का २२ वर्षका वीरमान पाख्रीनको ज्यान गएको हो । मतदाता नम्बर १५८८२७३२ रहेका उनलाई पेट दुःखेको र शौचालय गएपछि बेहोस भएर ढलेका थिए ।

त्यसपछि उनलाई उपचारको लागि सिस्नेरीमा रहेको स्वास्थ्य चौकि लगेको र त्यहाँ पुग्ने वित्तिकै ज्यान गएको हो । उनको मृत्युको विषयमा जानकारी दिँदै मृतकको भाइ श्रीमान पाख्रीनले आफूहरुले दाजुको उपचार गर्न लैजाँदै गर्दा ज्यान गएको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया