MENU

समाज

Ncell Axiata Naya Saptati
USAID

बर्दियाको राजापुर नगरपालिकाको वडा कार्यालयमा आगजनी

बर्दिया, वैशाख ३१ – बर्दियाको राजापुर नगरपालिका-१० खैरीचन्दनपुर वडा कार्यालयमा आगजनी भएको छ । आगजनी कसले गर्यो एकीन भएको छैन । 

मोटरसाइकलमा आएका नचिनेका मानिसको समूहले शनिबार राति साढे १० बजेतिर नगरपालिकाको वडा नम्बर १० को कार्यालय खैरीचन्दनपुरमा आगजनी गरेको राजापुर नगरपालिकाले जनाएको छ । 

नचिनेका मानिसको समूहले कार्यालयको ताला तोडेर भित्र पसी कार्यालयका महत्वपूर्ण कागजात जलाएको वडा कार्यालयका सचिव धुब्रराज पौडेलले बताउनुभयो । कार्यालयको ढोका फोडेर भित्र पसी कागजपत्र जलाएको उहाँको भनाई छ ।

आगजनीबाट वडा कार्यालयको प्रशासन फाँटमा रहेका केही महत्वपूर्ण कागजपत्र जलेको ईलाका प्रहरी कार्यालय राजापुरले जनाएको छ । 

आगजनी भए लगत्तै प्रहरी पुगेर रातभरि सुरक्षा प्रदान गर्नुका साथै आगजनीमा संलग्नहरुको खोजी कार्य गरिरहेको प्रहरीले जनाएको छ । आगजनी भएको देखेपछि स्थानीय बासिन्दाले आगो निभाएका हुन् । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया