MENU

खेल

Ncell Axiata
sagun

आइपिएल : पञ्जाबको कमजोर ब्याटिङ, ९ विकेटले पराजित, पुने प्ले अफमा

काठमाडौं, वैशाख ३१ – इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा किंग्स इलाभेन पञ्जाबलाई ९ विकेटले हराएर राइजिङ पुने सुपरजायण्ट दोस्रो स्थानमा रहँदै प्ले अफमा पुगेको छ । पञ्जावले दिएको ७४ रनको लक्ष्य पुनेले एक विकेट जाँदा ४८ बल बाँकी छँदै पूरा गरेको हो । 

पुनेका लागि राहुल त्रिपाठीले २० बलमा २८ रन, अजिंका राहानेले ३४ बलमा ३४ रन, स्टेभेन स्मिथले १८ बलमा १५ रन बनाएका छन् । 

यसअघि टस हारेपछि पहिले ब्याटिङ गरेको पञ्जाबको प्रदर्शन निकै खराब रह्यो । पञ्जावका लागि अक्षर पटेलले २० बलमा २२ रन बनाए । ऋद्धिमन शाहले १७ बलमा १३ रन, सौन मार्सले १३ बलमा १० रन, स्वप्निल सिंहले १७ बलमा १० रन बनाए । पुनेका शार्दुल ठाकुरले तीन साथै जयदेव उनाडकट, आदम जम्पा र ड्यानियल क्रिष्टियनले दुई दुई विकेट लिए । 

मुम्बई इन्डियन्स शीर्ष स्थानमा रहेको छ भने सनराइजर्स हैदराबाद तेस्रो र कोलकत्ता नाइट् राइडर्स चौथो स्थानमा रहँदै प्ले अफमा छानिएका छन् । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया