MENU

समाज

Ncell Axiata
USAID

राष्ट्रिय निकुञ्जमै वन्यजन्तु मार्न थापियो ४६ पासो

बर्दिया, वैशाख ३१ – बर्दिया राष्ट्रिय निकुञ्जमा वन्यजन्तु मार्नका लागि शिकारीले निकुञ्ज भित्र ४६ वटा पासो राखेको भेटिएको छ । निकुञ्जको अम्रेनी जंगलमा पासो थापेको भेटिएको बर्दिया राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत रमेशकुमार थापाले जानकारी दिनुभयो । 
       
वन्यजन्तुलाई गाउँ पस्नबाट रोक्न लगाइएको विद्युतीय तार काटेर शिकारीले पासो थापेको निकुञ्जले जनाएको छ । शंका लागेर खोजी गर्ने क्रममा पासो भेटिएको हो । पासो राख्ने व्यक्तिको खोजी भइरहेको निकुञ्जले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया