MENU

खेल

Ncell Axiata
chhaka panja

म्यानचेस्टर युनाइटेडको शीर्ष चारमा पर्ने सम्भावना सकियो

जेठ १ – इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा पराजित भएपछि म्यानचेस्टर युनाइटेडको शीर्ष चारमा रहँदै अर्को सिजन च्याम्पियन्स लिगका लागि छनौट हुने सम्भावना सकिएको छ । घरेलु मैदानमा भएको खेलमा टोटनह्यामले म्यानचेस्टर युनाइटेडलाई २–१ ले हराएको हो । टोटनह्यामको जितमा विक्टर वानयामा र ह्यारी केनले गोल गरे । युनाइटेडका लागि वायने रुनीले एक गोल फर्काए । छैटौं मिनेटमा नै वानयामाले गोल गर्दै टोटनह्यामलाई सुरुवाति अग्रता दिलाए । ४८ औं मिनेटमा केनले गोल गरेपछि टोटनह्यामको अग्रता दोब्बर पारे । युनाइटेडका लागि रुनीले ७१ औं मिनेटमा एक गोल फर्काए । उपाधि चेल्सीले जितिसकेकाले टोटनह्यामका लागि अबका खेल उपाधि भन्दा पनि अंक दूरी कम गर्नका लागि हो । युनाइटेडका लागि भने शीर्ष चारमा रहन अब बाँकी दुई खेल जिते पनि अब सम्भावना छैन । जितपछि दोस्रो स्थानको टोटनह्यामको दुई खेल बाँकी हुँदा ८० अंक भएको छ । छैटौं स्थानको युनाइटेडको ६५ अंक छ । उ पाँचौं स्थानको आर्सनल भन्दा चार तथा चौथो स्थानको म्यानचेस्टर सिटी भन्दा सात अंकले पछि छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया