MENU

खेल

Ncell Axiata
USAID

लिभरपुल तेस्रो स्थानमा फर्कियो, हल सिटी रेलिगेशनमा

जेठ १ – लिभरपुल इंग्लिस प्रिमियर लिगमा फेरि तेस्रो स्थानमा फर्किएको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा जित निकाल्दै लिभरपुल तेस्रो स्थानमा उक्लिएको हो । राति अवे मैदानमा भएको खेलमा लिभरपुलले वेष्ट ह्यामलाई ४–० ले हराएको हो । लिभरपुलको जितमा फिलिप कोन्टिन्होले दुई तथा ड्यानियल स्टुर्रिज र डिवोक ओरिगीले एक एक गोल गरे । जितपछि लिभरपुलको लिगको एक खेल बाँकी हुँदा ७३ अंक भएको छ । उ चौथो स्थानको म्यानचेस्टर सिटी भन्दा एक अंकले अघि छ । अर्को खेलमा क्रिष्टल प्यालेसले हल सिटीलाई ४–० ले हरायो । हारपछि हल सिटी रेलिगेशनमा परेको छ । क्रिष्टल प्यालेस भने एक खेल बाँकी हुँदा ४१ अंकसहित १३ औं स्थानमा छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया