MENU

खेल

Ncell Axiata
USAID

रियल मड्रिड र बार्सिलोनाको उपाधि होड रोमाञ्चक, रियल मड्रिडको शानदार जित

जेठ १ – स्पेनिस ला लिगा फुटबलको उपाधि होड लिगको अन्तिम तिर आइपुग्दा थप रोमाञ्चक बनेको छ । लिग अन्तर्गत आइतबार राति भएका खेलमा शीर्ष स्थानका बार्सिलोना र रियल मड्रिड दुवैले प्रभावशाली जित दर्ता गरेपछि उपाधि होड थप रोमाञ्चक बनेको हो । घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले सेभिल्लालाई ४–१ ले हरायो । रियलको जितमा क्रिष्टियानो रोनाल्डोले दुई तथा नाचो तथा टोनी क्रसले एक एक गोल गरे । रोनाल्डोले २३ र ७८ औं मिनेटमा गरी दुई गोल गरे । नाचोले १० औं तथा क्रसले ८४ औं मिनेटमा गोल गरेका हुन् । सेभिल्लाका लागि जोभेटिकले ४९ औं मिनेटमा एक गोल फर्काए । जितपछि दोस्रो स्थानको रियलको लिगका दुई खेल बाँकी हुँदा ८७ अंक भएको छ । शीर्ष स्थानको बार्सिलोनाको लिगको एक खेल बाँकी हुँदा ८७ अंक भएको छ । रियल अहिले दोस्रो स्थानमा छ । राति भएका अरु खेलमा एथ्लेटिको मड्रिड र रियल बेटिस तथा एथ्लेटिको बिल्बाओ र लेगानेसले १–१ को बराबरी खेले । यस्तै रियल सोसिडाड र मालागाले २–२ तथा भिल्लारियल र डिप्रोटिभो डी लाकोरुनाले गोल रहित बराबरी खेलेका छन् । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया