MENU

समाज

Ncell Axiata
USAID

जोगिमारामा एकजनाको हत्या, खाल्टेमा झडप हुँदा चार घाइते

धादिङ, जेठ १ – धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ जोगिमारा स्थित पिपलभंज्याङमा आइतबार राति एकजनाको हत्या भएको छ । पिलभञ्ज्याङमा रहेको बन्दै गरेको झ्यालढोका नहालिएको घरमा आइतबार राति ३० वर्षका लक्ष्मण चेपाङलाई लठ्ठीले हानेर हत्या गरी त्रिपालसँगै  जस्तापाताले छोपेर छाडिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । 

स्थानीय तह चुनावको मतदान गरेपछि घरको काम गरेर बसेका चेपाङलाई हानिएको लठ्ठी रगत लतपतिएको अवस्थामा भेटिएको छ । केही दिनदेखि लक्षमण चेपाङ र उनका भाइलाई भोट नहालेमा मार्ने धम्की आइरहेको मृतकका भाइ लालबहादुर चेपाङले बताउनुभयो । 

यसैगरी मतदान सकिएपछि नीलकण्ठ नगरपालिका–५ देउरालीमा कांग्रेस र एमाले कार्यकर्ताबिच झडप हुँदा चार जना घाइते भएका छन् । घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया