MENU

समाज

Ncell Axiata
USAID

सञ्चारकर्मी जनार्दन घिमिरेको निधन

काठमाडौं, जेठ १ – दोलखाको तीनकिलोमा भएको बस दुर्घटनामा घाइते सञ्चारकर्मी जनार्दन घिमिरेको सोमबार बिहान निधन भएको छ । गएको २८ गते घर जाने क्रममा तीन किलोमा दुर्घटना हुँदा घिमिरे घाइते हुनुभएको थियो ।

घिमिरेको टिचिङ अस्पतालमा आइसियुमा राखेर उपचारका क्रममा निधन भएको हो । काठमाडौंबाट दोलखा घर जाने क्रममा बा ३ ख ५०५६ नम्बरको बस दुर्घटनामा घिमिरे घाइते भएका थियो । त्यो  दुर्घटनामा जर्नादन घिमिरेको बुवाआमाको पनि निधन भएको थियो ।

उहाँ रेडियो कान्तिपुरमा धार्मिक कार्यक्रम सञ्चालन गर्नुका साथै डिएभी स्कुलमा प्राध्यापन गर्नुहुन्थ्यो । त्यस्तै उहाँ संस्कृत ग्रामको अभियन्ता समेत हुनुहुन्थ्यो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया