MENU

समाज

Ncell Axiata

झण्डै चार वर्षपछि कतारमा नेपाली राजदूत

काठमाडौं, जेठ १- कतारमा झण्डै चार वर्षपछि नेपाली राजदूत पुगेका छन् । चारवर्ष पहिले रिक्त भएको कतारका लागि नेपाली राजदूतमा रमेश प्रसाद कोइराला पुग्नु भएको हो । 

तत्कालिन राजदूत मायाकुमारी शर्मालाई विवादास्पद अभिव्यक्तिका कारण फिर्ता बोलाइएपछि त्यहाँ राजदूत रिक्त भएको थियो । माओवादी कोटामा राजदूत सिफारिस भएकी शर्मा कतारमा कुटनीतिक सम्बन्ध राम्रो नबनाएको भन्दै सुरु देखिनै विवादमा पर्नु भएको थियो । पछि कतार खुल्ला जेल हो भनेर अभिव्यक्ति दिएपछि कतार सरकारले उहाँलाई फिर्ता बोलाउन नेपाल सरकारलाई आग्रह गरेको थियो । 

शर्मालाई झण्डै १६ महिनापछि फिर्ता बोलाइएको थियो । सन् २०१२ को मेमा कतार पुगेकी शर्मा सन् २०१३ को सेप्टेम्बरमा फर्किनु परेको थियो । 

सरकारले फिर्ता बोलाएकी शर्माले नेपाल फर्किएपछि सर्वोच्च अदालतमा पुनस्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेपनि सर्वोच्चले उहाँको पक्षमा फैसला गरेन । त्यसपछि लामो समय कतार दूतावास कार्यवाहक नेपाली राजदूतको भरमा थियो । 

राजदूत रिक्त हुँदा नेपालको कुटनीतिक उपस्थिती कमजोर भएको थियो । कार्यवाहक राजदूतको उच्च तहमा कुटनीतिक पहुँच नहुने भएकाले नेपालीका समस्या उच्च तहमा पु¥याउन सकिएको थिएन । 

तर अहिले कतारको राजदूत नियुक्त हुनु भएका रमेश कोइरालापनि सुरु देखिनै विवादमा पर्नु भएको छ । उहाँलाई कामदारको पक्षमा काम गर्न नसक्ने आरोप लगाइएको छ । यस अघि श्रम तथा रोजगार मन्त्रालयमा हुँदा म्यानपावर व्यवसायीको पक्षमा काम गरेको र कामदार ठगीमा समेत संलग्नता रहेको उहाँमाथी आरोप छ । 

संसदिय सुनुवाई समितिमा समेत उहाँ विरुद्ध उजुरी परेको थियो । 

नवनियुक्त राजदूत कोइरालाले आइतबार कतारमा पत्रकारसितको भेटघाटमा अव नेपालको कुटनीतिक उपस्थिती बलियो बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।उहाँले नेपाली श्रमिकले कतारमा भोग्नु परेको समस्याको समाधानका लागि तत्काल उच्चस्तरमा कुटनीतिक पहल थाल्ने बताएको नेपाल पत्रकार महासंघ शाखा कतारका सचिव नवराज बिकले जानकारी दिनुभयो ।

यसअघि कतारमा मणिरत्न शर्मा कार्यवाहक राजदूत हुनुहुन्थ्यो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया