MENU

समाज

Ncell Axiata Naya Saptati
USAID

भोलि प्रज्ञा प्रतिष्ठानमा कलाकार बिक्रम परियारलाई श्रद्धाञ्जली दिइने

काठमाडौं, जेठ १ – कलाकार विक्रम परियारलाई मंगलबार काठमाडौंमा अन्तिम श्रद्धान्जली दिइने भएको छ । 

आइतबार तनहुँमा नचिनेका मान्छेको समूहले गरेको आक्रमणमा परी उहाँको निधन भएको थियो । मंगलबार बिहान दमौलीमा नगरपरिक्रमा गरी उहाँको पार्थिव शरीरलाई दिउँसो १ बजे काठमाडौं ल्याइने र प्रज्ञा प्रतिष्ठान कमलादीमा अन्तिम श्रद्धाञ्जली अर्पण गरिने एक्टर्स स्टुडियोले जानकारी दिएको छ । उहाँको श्रीमती, एक छोरा र छोरी छन् । 

आइतबार स्थानीय तहको निर्वाचनमा मतदान गर्न उहाँ शनिबार तनहुँ जानुभएको थियो । आइतबार मतदान गरेर साथीसँगै घुम्न निस्किएका बेला उहाँमाथि आक्रमण भएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया