MENU

समाज

Ncell Axiata
NIC Asia

केयर गिभरमा​ इजरायल जाने ६० जना छनोट (नामसहित)

काठमाडौं, जेठ ३- रोजगारीका लागि इजरायल जाने ६० जना छनोट गरिएको छ । अव मेडिकल पास भए उनीहरु केयर गिभरमा इजरायल जान पाउने छन् । 

गएको हप्ता भाषा परीक्षा दिएका ९७ जना मध्येबाट ६० जना छनोट गरिएको हो । भाषा परिक्षाका लागि एकसय जना छनोट गरिएपनि ३ जना परीक्षामा सामेल भएनन् ।

इजरायलले दोश्रो चरणमा ६० जना कामदार लैजाने भएको छ । दोश्रो चरणका लागि १९ जना पुरुष र ४१ जना महिला छनोट भएका छन् । अब उनीहरुको मेडिकल गरिने र अभिमूखिकरण तालिममा सहभागी गराएर इजरायलमा गर्नुपर्ने काम र त्यहाँको अवस्थाका बारेमा जानकारी गराउने वैदेशिक रोजगार विभागले जनाएको छ । 

आकर्षक तलव, ठगीमा पर्ने संभावना नहुने भएपछि इजरायल नेपालीको रोजाइमा पर्ने गरेको छ । तर त्यहाँ जान पाउने नेपालीको संख्या थोरै छ । यसअघि पहिलो चरणमा ६० जना नेपाली इजरायल गएका छन् । 

यी हुन् छनोटमा पर्ने ६० जना 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया