MENU

खेल

Ncell Axiata
USAID

फ्रेन्च लिग वानको उपाधि मोनाकोले जित्यो

जेठ ४ – फ्रेन्च लिग वानको उपाधि मोनाकोले जितेको छ । लिग अन्तर्गत बुधबार राति भएको खेलमा सेन्ट इटिएन्नेलाई २–० ले हराउँदै एक खेल बाँकी हुँदै मोनाकोले उपाधि जितेको हो ।

१७ वर्षपछि पहिलो पटक उपाधि जितेको मोनाकोलाई जिताउन केलियन एमबाप्पे र भालेरे जर्मेनले गोल गरे । उपाधि पक्का गरेको मोनाकोको एक खेल बाँकी हुँदा ९२ अंक भएको छ । दोस्रो स्थानमा रहेको पेरिस सेन्ट जेर्मनको ८६ अंक छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया