MENU

खेल

Ncell Axiata
USAID

रियल मड्रिडको शानदार जित, उपाधि होडमा बलियो

जेठ ४ – रियल मड्रिडले स्पेनिस ला लिगाको उपाधि होडमा आफूलाई बलियो अवस्थामा पुर्‍याएको छ । लिग अन्तर्गत बुधबार राति भएको खेलमा रियल मड्रिडले सेल्टा डी भिगोलाई ४–१ ले हराएर शीर्ष स्थानमा उक्लिँदै बार्सिलोनासँगको अंक दूरी तीन पुर्‍याएको हो ।

रियलको जितमा क्रिष्टियानो रोनाल्डोले दुई तथा करिम बेन्जिमा र टोनी क्रसले एक एक गोल गरे । ६२ औं मिनेटमा लागो एस्पास दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सीमित भएको सेल्टाका लागि गुइडेट्टीले एक गोल फर्काए ।

जितपछि रियल मड्रिड उपाधिबाट अब एक अंक मात्रै पछि छ । लिगको अन्तिम खेलमा बराबरी गरेपनि रियल मड्रिडले उपाधि जित्ने छ । पछिल्लो पटक रियलले सन् २०१२ मा उपाधि जितेको थियो ।

लिगका एक खेल बाँकी हुँदा शीर्ष स्थानको रियलको ९० अंक भएको छ । दोस्रो स्थानमा रहेको बार्सिलोनाको ८७ अंक छ । ४४ अंकसहित सेल्टा १३ औं स्थानमा छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया