MENU

खेल

Ncell Axiata

रोनाल्डो बने युरोपका शीर्ष पाँच लिगमा धेरै गोल गर्ने खेलाडी

जेठ ४ – रियल मड्रिडलाई स्पेनिस ला लिगाको उपाधि होडमा बलियो बनाउन महत्वपूर्ण भूमिका खेलेका क्रिष्टियानो रोनाल्डोले नयाँ कीर्तिमान बनाएका छन् । ला लिगा अन्तर्गत बुधबार राति सेल्टा डी भिगोसँगको खेलमा रोनाल्डोले दुई गोल गरेपछि रियल ४–१ ले विजयी भयो ।

यो खेलमा दुई गोल गरेका रोनाल्डोले युरोपका शीर्ष पाँच लिगमा धेरै गोल गर्ने खेलाडी बनेका छन् । उनले इंग्लिस प्रिमियर लिग र ला लिगामा गरी ३६७ गोल गरेर युरोपका शीर्ष पाँच लिग मध्ये सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका हुन् । 

उनले सन् १९७१ मा इंग्ल्याण्डका पूर्व स्ट्राइकर ग्रेएवेसले बनाएको कीर्तिमान भंग गरेका हुन् । चेल्सी, एसी मिलान, टोटनह्याम तथा वेष्ट ह्यामका पूर्व स्ट्राइकर जिम्मी ग्रेएभेसले लिगमा ३६६ गोल गरेका थिए ।

सर्वाधिक गोलकर्ताको सूचिमा तेस्रो स्थानमा ३६५ गोल गरेका बार्यन म्युनिखका गेर्ड मुलर छन् । ३४६ गोल गरेका बार्सिलोनाका लियोनल मेस्सी चौथो स्थानमा छन् । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया