MENU

खेल

Ncell Axiata
sagun

ह्यारी केन चम्किएपछि टोटनह्यामको शानदार जित

जेठ ५ – इंग्लिस प्रिमियर लिग अन्तर्गत बिहीबार राति भएको खेलमा टोटनह्यामले शानदार जित दर्ता गरेको छ । अवे मैदानमा भएको खेलमा टोटनह्यामले साबिक विजेता लेस्टर सिटीलार्य ६–१ ले हराएको हो । 

टोटनह्यामको जितमा ह्यारी केन एक्लैले चार गोल गरे । थप दुई गोल सन हेङ–मिनले गरे । लेस्टरका लागि चिलवेलले एक गोल फर्काए । २५ औं मिनेटमा पहिलो गोल गरेका केनले दोस्रो हाफमा थप तीन गोल गरे । उनले ६३m ८८ र इन्जुरी समयमा गरी चार गोल पूरा गरेका हुन् । यस्तै सनले ३६ र ७१ औं मिनेटमा गरी दुई गोल गरे । लेस्टर सिटीसँगको खेलमा चार गोल गरेका केन यो सिजन लिगमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचिमा शीर्ष स्थानमा उक्लिएका छन् । 

एक खेल बाँकी हुँदा अहिलेसम्म उनले २६ गोल गरेका छन् भने सात गोलका लागि सहयोग गरेका छन् । दोस्रो स्थानमा रहेका एभर्टनका रामेलु लुकाकुले २४ तथा तेस्रो स्थानमा रहेका आर्सनलका एलेक्स सान्चेजले २३ गोल गरेका छन् । 

जितपछि दोस्रो स्थानको टोटनह्यामको ८३ अंक भएको छ । ११ औं स्थानको लेस्टरको ४३ अंक छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • महिला क्रिकेट : नेपालको पहिलो जित, मलेसियालाई ३३ रनले हरायो

    काठमाडौं, मंसिर ८ – महिला ट्वेन्टी ट्वेन्टी विश्वकप क्रिकेट एसिया छनौटमा नेपालले पहिलो जित हात पारेको छ । नेपालले शुक्रबार आफ्नो चौथो खेलमा मलेसियालाई ३३ रनले हराएको हो ।

  • मेस्सीले बार्सिलोनाको सम्झौतामा अझै गरेनन् हस्ताक्षर

    स्पेनिस फुटबल क्लब बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले क्लबसँगको नयाँ सम्झौतामा अहिलेसम्म हस्ताक्षर गरेका छैनन् । गएको जुलाईमा मेस्सीले सन् २०२१ सम्मका लागि सम्झौतामा हस्ताक्षर गरेको बार्सिलोनाले जनाए पनि अझैसम्म हस्ताक्षर नभएको हो ।

  • २० मिनेटमा ५ गोल

    युरोपा लिग अन्तर्गत बिहीबार राति भएको खेलमा इटालियन क्लब अटलान्टाले इंग्लिस क्लब इभर्टनलाई ५-१ ले हराएको छ । पहिलो हाफ १-० रहेको खेलमा दोस्रो हाफको ७० मिनेटपछि ५ गोल भयो । दोस्रो गोल ६३ औँ मिनेटमा भएको थियो ।

  • नेपाल युएईसँग पाँच रनले पराजित

    काठमाडौँ, मंसिर ७ - थाइल्याण्डमा जारी आइसिसी महिला विश्वकप टि–ट्वेन्टी एशिया कप छनोट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल संयुक्त अरब इमिरेट्ससँग पराजित भएको छ ।

  • ​फिफा बरियतामा नेपाल ६ स्थानमाथि उक्लियो

    काठमाडौं, मंसिर ६ – विश्व फुटबल बरियतामा नेपाल ६ स्थानमाथि उक्लिएको छ । विश्व फुटबल महासंघ फिफाले सार्वजनिक गरेको नयाँ बरियताक्रम अनुसार नेपाल ६ स्थान माथि उक्लिदै १ सय ७० औं स्थानमा पुगेको हो

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया