MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
sagun

फक्स न्युजका संस्थापक रोजर एलिसको निधन

जेठ ५ – फक्स न्युजका संस्थापक तथा पूर्व प्रमुख रोजर एलिसको निधन भएको छ । ७७ वर्षको उमेरमा उहाँको बिहीबार निधन भएको हो । उहाँको निधनको कारण परिवारले नखुलाएपनि गएको हप्ता लडेर उहाँ कोमामा जानुभएको परिवारको निकट स्रोतले जनाएको छ । उहाँले दुई दशक फक्स न्युजमा प्रमुखको भूमिका निभाउनुभयो भने गएवर्ष मात्रै उहाँले जिम्मेवारी छोड्नुभएको थियो । सञ्चार क्षेत्रमा दरिलो आवाज स्थापना गर्न उहाँको योगदान रहेको छ ।

फक्स न्युजको मातृसंस्था ट्वान्टी फस्र्ट सेन्चुरी फक्सका प्रमुख रुपेट मर्डकले अमेरिकाको संचार क्षेत्रलाई व्यवस्थित गराउन उहाँको ठूलो भूमिका रहेको प्रतिक्रिया दिनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया