MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
chhaka panja

झारखण्डमा बच्चा चोरेको आरोपमा ६ जनाको हत्या

जेठ ५ – भारतको झारखण्डमा बच्चा चोरको आरोपमा ६ जनाको हत्या गरिएको छ । गाउँबाट बच्चा चोर्न लागेको हल्लाका आधारमा गाउँलेहरुले ६ जना व्यक्तिलाई कुटपिट गरी हत्या गरेका भारतीय संचार माध्यमले जनाएका छन् । झारखण्डको दुई गाउँमा नौलो अपरिचित व्यक्तिलाई बच्चा चोर भएको आरोपमा गाउँलेले कुटपिट गरेर हत्या गरेका हुन् । ४ दिन पहिले पनि यस्तै हल्लाको आधारमा दुईजनाको हत्या गरिएको थियो । झारखण्डको प्रहरीले भने कुनै पनि गाउँबाट बच्चा हराएको उजुरी नपरेको र हल्लाका आधारमा गाउँलेहरुले मानिसहरुको हत्या गरिरहेका बताएका छन् । घटनाको अनुसन्धान सुरु गरिएको र सुरक्षाका लागि ती गाउँमा थप प्रहरी टोली परिचालन गरिएको स्थानीय प्रहरीले जनाएको छ । यस्तै, जनचेतना जगाउनका लागि कार्यक्रम संचालन गरिने पनि उनीहरुले बताएका छन् ।   

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया