MENU

राजनीति

Ncell Axiata Naya Saptati
USAID

काठमाडौं महानगरका मेयरलाई प्रिफ्याबको घर, करोडको गाडी

पी.टी. लोप्चन/उज्यालो ।

काठमाडौं जेठ ५ – देशको राजधानी काठमाडौं महानगर हाँक्न बन्द मतपत्रभित्र नागरिकले कसलाई चुनेर पठाएका छन् ? त्यसको एकाएक गणना हुँदैछ, राष्ट्रिय सभा गृहमा । अहिलेको मतपरिणामलाई आधार मान्दा एमालेका विद्यासुन्दर शाक्य र नेपाली कांग्रेसका राजुराज जोशी मध्ये एक महानगरको मेयर बन्नुहुनेछ । नयाँ मेयरको छनौट भैरहँदा काठमाडौं महानगरपालिकाले भने मेयरलाई प्रिफ्याबको घर बनाएर राख्ने भएको छ । 

नयाँ मेयरको स्वागतका लागि यस्तो छ, काठमाडैा‌ महानगरको तयारी 

२०७२ साल वैशाख १२ को भूकम्पले क्षति पुर्‍याएको काठमाडौं महानगरपालिकाको आंशिक काम मात्र महानगरपालिकाको कार्यालयबाट हुँदैछ । बढी जसो काम भाडामा लिइएको चाइना टाउनसँगै जोडिएको भवनबाट सन्चालन भैरहेको छ । त्यसैले बागदरबार स्थित कार्यालयमा मेयर र उपमेयरलाई राख्ने ठाउँ छैन । भाडाकै भवनमा मेयर तथा उपमेयरमा राख्दा छैंटौ तलामा रहेको कार्यालयसम्म आउन सेवाग्राहीलाई गाह्रो हुने भएकाले महानगरले भावी मेयर तथा उपमेयरलाई प्रिफ्याबको घर बनाएर राखिने महानगरका प्रशासन महाशाखा प्रमुख एवं प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताउनुभयो । ‘भाडामा लिएको भवनमा उपयुक्त ठाउँ नभएकाले महानगरपालिकाको बागदरबारमा रहेको खाली ठाउँमा भवन बनाउने भएको छ, यसका लागि नक्साङ्कनको काम सकिएको छ ।’ प्रशासन महाशाखा प्रमुख कार्की भन्नुहुन्छ ‘नयाँ मेयर तथा उपमेयर कार्यभार लिएर आउँदा हामीले भवन बनाइसक्छौं ।’  

मेयरलाई करोड र उपमेयरलाई ७५ लाखको गाडी 

अब आउने मेयरले झण्डै एक करोड रुपैयाँ पर्ने गाडी गुडाउन पाउनेछन् । पहिलाको गाडी धेरै पुरानो भएकाले नयाँ मेयरलाई नयाँ नै गाडी किन्ने प्रक्रिया अगाडि बढाइसकेको प्रशासन महाशाखा प्रमुख कार्कीले बताउनुभयो । कार्कीका अनुसार मेयरका लागि १ करोड रुपैयाँ र उपमेयरका लागि ७५ लाख रुपैयाँसम्मको गाडीको खरिद प्रक्रिया अगाडि बढाइएको छ । महानगरपालिकाले फर्निचर तथा फर्निसिङको व्यवस्था चुनाव अघि नै गरिसकेको जनाएको छ । 

यस्तो छ ललितपुर महानगरपालिकाको तयारी 

ललितपुर महानगरपालिकाले पनि मेयर र उपमेयरको कार्यकक्ष व्यवस्थापन, फर्निचर तथा फर्निसिङ र सवारी साधनको बन्दोबस्त मिलाउन थालेको छ । बर्षौपछि निर्वाचित जनप्रतिनिधिको स्वागतका लागि आफूहरु आतुर रहेको र यसका लागि रङरोगन गर्ने, फर्निचर तथा फर्निसिङको व्यवस्था गर्ने लगायत काम भईरहेको महानगरपालिकाका कार्यकारी अधिकृत हरि प्रसाद दाहालले बताउनुभयो । ललितपुर महानगरपालिकाले अहिले विपद विपद व्यवस्थापन शाखा रहेको कोठा मेयरका लागि खाली गर्दैछ । उपमेयरलाई भने एचय  Pro - Poor Urban Regeneration Pilot Project (PURPP) को कार्यालयमा राखिने भएको छ । 

‘हामी जनप्रतिनिधिलाई स्वागत  गर्न उत्साहित भएका छौं, सरकारले स्थानीय तहको कार्यालय व्यवस्थापनका लागि रकम निकासा गरेपछि हामीले फर्निचरको व्यवस्था, कम्प्युटरको व्यवस्था गर्‍यौं,  बीसौं बर्षदेखि रिक्त रहेको स्थानीय तहमा निर्वाचित प्रतिनिधी आउँदा ठाउँको अभाव पक्कै हुन्छ, हामीले यसका लागि पनि नयाँ भवनको निर्माण गर्ने प्रक्रिया अगाडि बढाएका छौं’ कार्यकारी अधिकृत दाहालले भन्नुभयो । 
मेयरलाई नयाँ, उपमेयरलाई पुरानै गाडी उप–महानगरपालिकाबाट महानगरपालिकामा स्तरोन्नति भएको ललितपुर महानगरपालिकाले कार्यालय व्यवस्थापनमा मितव्ययिता अपनाउने भएको छ । यसका लागि मेयरका लागि नयाँ र उपमेयरका लागि पुरानै गाडीले काम चलाउने भएको छ । महानगरपालिकाका कार्यकारी अधिकृत हरि दाहालका अनुसार एउटा गाडीको टेण्डर भैसकेको छ भने पुराना गाडीको व्यवस्थापन गरिसकेको छ । मेयरका लागि ३०/३५ लाख सम्मको गाडी किन्ने प्रक्रिया अगाडि बढाएको उहाँले बताउनुभयो । ​

काठमाडौं महानगरका मेयरलाई प्रिफ्याबको घर, करोडको गाडी

काठमाडौं महानगरका मेयरलाई प्रिफ्याबको घर, करोडको गाडी

काठमाडौं महानगरका मेयरलाई प्रिफ्याबको घर, करोडको गाडी

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया