MENU

राजनीति

Ncell Axiata
sagun

स्याङ्जामा ७ तहमा एमाले र ४ तहमा कांग्रेसको नेतृत्व (स्याङ्जाको पूरा विवरण)

राधाकृष्ण डुम्रे/उज्यालो ।

स्याङ्जा, जेठ ५ – स्याङ्जामा ११ वटै स्थानीय तहमा प्रमुख तथा उपप्रमुखको टुङ्गो लागेको छ । ११ स्थानीय तह रहेको जिल्लामा ५ नगरपालिका र ६ गाउँपालिकामध्ये पुतली बजार र गल्याङ नगरपालिकामा एमालेले मेयर र उपमेयर विजयी भएको छ भने ३ नगरपालिकाहरु वालिङ, चापाकोट र भीरकोटमा नेपाली कांग्रेसबिजयी भएको छ । 

६ गाउँपालिका मध्ये ५ गाउँपालिकाहरु हरिनास, फेदीखोला, आँधीखोला, विरुवा र कालीगण्डकीमा एमाले बिजयी भएको छ भने अर्जुनचौपारीमा मात्रै कांगे्रसले विजयी प्राप्त गरेको हो । गाउँपालिकातर्फ ५ र नगरपालिकातर्फ १ गरी एमालेले ६ तहमा विजयी हासिल गरेको छ भने नेपाली काँगे्रसले ३ नगरपालिका र एक गाउँपालिका गरी ४ तहमा बिजयी बनेको हो ।

वालिङ नगरपालिकामा

स्याङ्जाको वालिङ नगरपालिकामा नेपाली काँग्रेस बिजयी भएको छ । वालिङ नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका दिलिपप्रताप खाँण बिजयी हुनुभएको हो । खाँणले कूल १० हजार ६०० मत ल्याई बिजयी हुनुभएको हो भने उहाँका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका पुण्यप्रसाद अर्यालले ८ हजार ७४९ मत ल्याउनुभएको हो । प्रमुख पदमा कुल १ हजार ८२१ मतको अन्तर रहेको छ । त्यस्तै उपप्रमुखमा नेपाली काँग्रेसकी कल्पना तिवारी ९ हजार ८९५ मत ल्याउँदा उहाँकी प्रतिद्वन्दी एमालेकी खगिसरा थापाले ९ हजार ३५७ मत प्राप्त गर्नुभयो । उपमेयर पदमा ५३५ मत अन्तर रहेको छ ।

१४ वटा वडा रहेको वालिङ नगरपालिकामा नेपाली काँग्रेसले प्रमुख र उपप्रमुखसहित ७ वटा वडामा बिजयी भएको छ भने नेकपा एमाले ७ वटा वडामा बिजयी भयो । ३१ हजार ३१२ मतदाता रहेको वालिङमा २२ हजार ४३४ मत खसेको थियो ।

जसअन्र्तगत वडा नं. १ मा काँग्रेसका केदार काफ्ले, २ मा काँग्रेसका पोतप्रसाद लम्साल, ३ मा काँग्रेसका शुक्रराज गुरुङ, ४ मा एमालेका रनध्वज गुरुङ, ५ मा काँग्रेसका ढाकाराम पंगेनी, ६ मा एमालेका श्यामकृष्ण श्रेष्ठ, ७ मा एमालेका पाण्डुकुमार थापा, ८ मा काँग्रेसका कमलप्रसाद सुबेदी, ९ मा काँग्रेसका बसन्तकुमार श्रेष्ठ, १० मा एमालेका अनन्तराज गैह्रे, ११ मा काँग्रेसका बसन्तकुमार मल्ल र १२ मा एमालेका दानबहादुर गुरुङ, १४ मा एमालेका झम्मरबहादुर श्रेष्ठ बिजयी हुनुभएको हो । त्यस्तै १३ पनि एमालेका आनन्द पाठक ८ सय ९० मतसहित विजयी हुनुभएको छ । उहाँका प्रतिष्पर्धी काँगे्रसका मधुसुदन गैह्रेले ७ सय २८ मत प्राप्त गर्नुभएको हो । उहाँहरुबीचको मतान्तर १ सय ६२ रहेको छ ।

पुतली वजार नगरपालिका

पुतलीबजार नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमाले विजयी भएको छ  । मेयरमा नेकपा एमालेका सिमा क्षेत्री विजयी हुनु भएको छ उहाँले १० हजार २ सय ४९ प्राप्त गर्नु भयो उहाँको प्रतिद्धन्दी नेपाली कांग्रेसका तुलसीराम रेग्मीले ९ हजार २९ मत प्राप्त गर्नु भयो । त्यस्तै उपमेयरमा एमालेकै महेश पुरी विजयी हुनु भएको छ उहाँले १० हजार ३ सय ८८ मत प्राप्त गर्नु भएको छ । त्यस्तै कांग्रेसका हिरादेवी शर्माले ८ हजार ४ सय ४४ मत प्राप्त गर्नु भएको छ । 

पुतलीबजार नगरपालिकाको वडा नं. १ मा एमालेका निर्मलकुमार शेरचन, २ मा एमालेका तिलकराम श्रेष्ठ, ३ मा अमृतकुमार श्रेष्ठ, ४ मा एमालेका ओमबहादुर खड्का, ५ मा काँग्रेसका रामचन्द्र रेग्मी, ६ मा काँगे्रसका कृष्णबहादुर कार्की, वडा नं. ७ मा एमालेका विश्वेश्वर रेग्मी, ८ मा एमालेका कमल शाही, ९ मा एमालेका लिलप्रसाद गुरुङ, १२ मा एमालेका दुतप्रसाद गुरुङ बिजयी हुनुभएको छ । १० मा नेपाली काँगे्रसका दुर्गाबहादुर शाह विजयी हुनुभएको छ ,११ मा पनि नेपाली काँगे्रसका भवानीप्रसाद लामिछाने जित हात पार्नुभएको छ, १२ मा एमाले  दुत प्रसाद गुरुङ,१३ मा एमालेका खेमनारायण अधिकारी  र १४ मा पनि एमाले कै शेषराज ढकाल विजयी हुनु भएको छ ।  

भीरकोट नगरपालिकामा 

भीरकोट नगरपालिकामा मेयर पदमा नेपाली काँग्रेसका छायाराम खनाल बिजयी हुनुभएको छ । खनालले ६ हजार २ सय ८७ मत ल्याई बिजयी हुनुभएको हो भने उहाँका निकटतम प्रतिद्वन्दी सन्तोष केसीले ४ हजार ५० मत ल्याउनुभएको छ । उपमेयरमा नेपाली काँग्रेसकी सीमा कर्माचार्य क्षेत्री ५ हजार ९ सय ३७ मत ल्याई बिजयी हुनुभएको छ भने उहाँका प्रतिद्वन्दी सरस्वती अधिकारीले ४ हजार २ सय ४९ मत प्राप्त गर्नुभयो ।

९ वटा वडा रहेको भीरकोट नगरपालिकाका ५ वटा वडामा नेपाली काँग्रेस र ४ वटा वडामा एमाले बिजयी भएको छ । वडा नं. १ मा काँग्रेसका दिपेन्द्र केसी, २ मा एमालेका कमल त्रिपाठी, ३ मा एमालेका बाबुराम श्रेष्ठ, ४ मा एमालेका चन्द्रबहादुर बस्नेत, ५ मा काँग्रेसका यामप्रसाद अधिकारी (लक्ष्मण), ६ मा एमालेका लक्ष्मण केसी, ७ मा काँग्रेसका शेषकान्त अर्याल, ८ मा काँग्रेसका चनबहादुर गुरुङ, ९ मा काँग्रेसका भीमबहादुर गुरुङ बिजयी हुनुभएको छ । भीरकोटका ४७ प्रतिनिधिमध्ये मेयर र उपमेयरसहित ४२ नेपाली काँग्रेसका र ५ जना एमालेका बिजयी भएका हुन् ।


चापाकोट नगरपालिका 

चापाकोट नगरपालिका नेपाली काँग्रेसका मेयर पदका उम्मेदवार शिवकुमार गिरी बिजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका मेयर पदका उम्मेदवार बुद्धिमान श्रेष्ठलाई पराजित गरी बिजयी हुनुभएको हो ।

बिजयी गिरीले ५ हजार ९ सय ८९ मत प्राप्त गरी बिजयी हुनुभएको हो भने उहाँका निकटतम प्रतिद्वन्दी श्रेष्ठले ५ हजार ८ मत प्राप्त गर्नुभयो । त्यस्तैगरी उपमेयरमा नेपाली काँग्रेसकै बिमला श्रेष्ठ बिजयी हुनुभएको छ बिजयी हुनुभएकी श्रेष्ठले ६ हजार ३ सय ५८ मत प्राप्त गर्नुभएको हो ।

चापाकोटका १० वटा वडामध्ये ७ वटा वडामा नेपाली काँग्रेसको प्यानल बिजयी भएको छ भने ३ वटा नेकपा एमालेको प्यानल नै बिजयी भएको हो । वडा नं. १ मा नेपाली काँग्रेसका टीकाराम तिवारी, २ मा काँग्रेसकै सूर्यबहादुर सेन, ३ मा काँग्रेसकै सुन्दरविक्रम खाँण, ४ मा काँग्रेसका विक्रम सारु, ५ मा काँग्रेसका ईन्द्रबहादुर शाही, ६ काँग्रेसका एकदेव भट्टराई, ७ मा एमालेका रविचन्द्र बस्ताकोटी, ८ मा नेपाली काँग्रेसका नवराज श्रेष्ठ, ९ मा एमालेका शंकरभक्त भण्डारी र १० मा एमालेका रामु कोईराला बिजयी हुनुभएको हो ।

गल्याङ नगरपालिका

गल्याङ नगरपालिकामा मेयर र उपमेयरमा नेकपा एमालेका उम्मेदवार बिजयी भएका छन् । मेयरमा एमालेका भुपराज अधिकारी ८ हजार ३ सय ६४ मत लाई बिजयी हुनुभएको हो भने उहाँका निकटतम प्रतिद्वन्दी लालगोपाल अर्यालले ६ हजार ६२ मत प्राप्त गर्नुभएको छ । उपमेयरमा नेकपा एमालेकी देवी थापा ८ हजार ३ सय १४ मत ल्याई बिजयी हुनुभएको छ ।

एघार वटा वडा रहेको गल्याङको वडा नं. १ मा एमालेका गणेश बस्याल, २ मा एमालेका ईबप्रसाद कर्माचार्य, ३ मा काँग्रेसका महेश भट्टराई, ४ मा एमालेका नेत्रप्रसाद पाण्डे, ५ मा माओवादीका विष्णुबहादुर क्षेत्री, ६ मा एमालेका टीकाराम भुसाल, ७ मा एमालेका रामबहादुर गुरुङ, ८ मा काँग्रेसका भेकप्रसाद श्रेष्ठ बिजयी हुनुभएको छ भने वडा ९ मा काँग्रेसका हरिलाल खनाल, १० मा काँग्रेसका ध्रुबप्रसाद शर्मा, ११ मा एमालेका शंकरदेव अधिकारी बिजयी हुुनुभएको छ। 

हरिनास गाउँपालिका

हरिनास गाउँपालिका अध्यक्षमा एमालेका खिमनारायण मानन्धर र उपाध्यक्षमा एमालेकै झनीमाया पराजुली विजयी हुनुभएको छ । विजयी मानन्धरले ३ हजार ८ मत ल्याउँदा उहाँका निकटतम प्रतिद्वन्दी काँगे्रसका देवकुमार मानन्धरले २ हजार ८ सय ३२ मत प्राप्त गर्नुभयो ।

त्यस्तै उपाध्यक्षमा पराजुलीले २ हजार ९ सय २० मत प्राप्त गर्दा उहाँका प्रतिद्वन्दी काँग्रेसकी लीला थापाले २ हजार ७ सय ९६ मत प्राप्त गर्नुभएको हो । त्यस्तै ७ वडा रहेको गाउँपालिकामा २ वटा वडामा काँगे्रसले र ५ वटा वडामा एमालेले विजय हासिल गरेको छ ।

जसअन्र्तगत वडा नं. १ मा काँगे्रसका भीमबहादुर भुजेल, २ मा एमालेका पर्शुराम सिग्देल, वडा नं. ३ मा एमालेका लेखबहादुर क्षेत्री, ४ मा एमालेका चिन्तामणि शर्मा, ५ मा एमालेका डण्डबहादुर राना, ६ मा काँग्रेसका नरबहादुर थापा, ७ मा एमालेका केशमाया थापा बिजयी हुनुभएको हो ।

फेदीखोला गाँउपालिका

फेदीखोलामा पनि गाउँपालिकाको अध्यक्षमा एमालेका घनश्याम सुवेदी बिजयी हुनुभएको छ । उहाँले ३ हजार ८ सय ६ मत ल्याई बिजयी हुँदा उहाँका निकटतम प्रतिद्वन्दी काँग्रेसका तारापति सुबेदीले १ हजार ७ सय ६० मत ल्याउनुभएको हो । फेदीखोला गाउँपालिकाको उपाध्यक्ष एमालेकी देवी थापा बिजयी हुनुभएको छ । ५ वडा रहेको गाउँपालिकामा एउटा वडामा नेपाली काँग्रेस र ४ वडामा एमाले बिजयी भएको छ ।

फेदीखोलाको वडा नं. १ मा एमालेका खिमबहादुर खत्री, २ मा एमालेकै हिमालयजंग बानिया, ३ मा काँगे्रसका कृष्णबहादुर रानाभाट, ४ मा एमालेका माधवप्रसाद शर्मा, ५ मा एमालेकै देउकुमारी गुरुङ विजयी हुनुभएको छ । निर्वाचन अधिकारी यामप्रसाद सुवेदीका अनुसार नेपाली काँग्रेसले एउटा वडाध्यक्ष र एक सदस्य मात्रै जितेको हो ।

अर्जुनचौपारी गाउँपालिका

अर्जुनचौपारी गाउँपालिकाको अध्यक्षमा भने नेपाली काँग्रेसका दीर्घनारायण अर्याल बिजयी हुनुभएको छ । अध्यक्षमा बिजयी अर्यालले ३ हजार ३ सय १९ मत ल्याई बिजयी हुनुभएको हो भने उहाँकाका प्रतिद्वन्दी नेकपा एमालेका मोहनबहादुर अधिकारीले ३ हजार २ सय ४१ मत प्राप्त गर्नुभयो ।

उपाध्यक्षमा एमालेकी चीनमाया गुरुङ ३ हजार ३ सय ३४ मतसहित बिजयी हुनुभएको हो भने काँग्रेसकी माया केसीले ३ हजार २ सय १५ मत प्राप्त गर्नुभयो । ६ वटा वडा रहेको अर्जुनचौपारी गाउँपालिकाको वडा १ र ४ मा एमाले बिजयी भएको हो भने अन्य वडामा नेपाली काँग्रेस बिजयी भएको छ ।

अर्जुनचौपारीको वडा नं. १ मा नेकपा एमालेका चित्रबहादुर क्षेत्री, २ मा नेपाली काँग्रेसका लालबहादुर गुरुङ, ३ मा काँग्रेसका राजकुमार घले, ४ मा एमालेका जीतकुमारी चपाई, ५ मा काँग्रेसका ख्यामनारायण खनाल, ६ मा काँग्रेसका तेजबहादुर रोका बिजयी हुनुभएको छ ।

कालीगण्डकी गाउँपालिका

कालीगण्डकी गाउँपालिकामा नेकपा एमाले बिजयी भएको छ । गाउँपालिकाको अध्यक्षमा एमालेका खिमबहादुर थापाले ५ हजार ८८ मत ल्याएर बिजयी हुनुभएको हो भने उहाँका प्रतिद्वन्दी काँग्रेसका शेरबहादुर थापाले ४ हजार ४ सय २२ मत प्राप्त गर्नुभयो ।उपाध्यक्षमा एमालेकै सावित्रा कोईराला ५ हजार १ सय १६ मत सहित बिजयी हुनुभएको छ भने काँग्रेसकी तुलसा पाण्डे भट्टराईले ४ हजार ३ सय ५२ मत प्राप्त गर्नुभयो ।

७ वटा वडा रहेको कालीगण्डकी गाउँपालिकाको वडा नं. १ मा एमालेका शोभीलाल चौतारे, २ मा काँग्रेसका नरबहादुर राना, ३ मा काँग्रेसका रामबहादुर आले, ४ मा काँग्रेसका चक्रपाणी पाण्डे, ५ मा एमालेका लोकेदार थापा, ६ मा एमालेका लीलाबल्लभ अधिकारी र ७ मा एमालेका मुक्तिप्रसाद भट्टराई बिजयी हुनुभएको छ ।

विरुवा गाउँपालिका

विरुवा गाउँपालिकामा नेकपा एमाले बिजयी भएको छ । गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका चुनप्रसाद शर्माले ४ हजार ४ सय ३ मत ल्याएर बिजयी हुनुभएको हो भने उहाँका निकटतम प्रतिद्वन्दी काँग्रेसका चौबहादुर गुरुङले ३ हजार ३ सय ५० मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा एमालेकै देवीकुमारी थापा बिजयी हुनुभएको छ । उहाँले ४ हजार ४ सय ७६ मत प्राप्त गरी बिजयी हुँदा उहाँका निकटतम प्रतिद्वन्दी मनकुमारी थापाले २ हजार ८ सय २८ मत ल्याउनुभयो ।

८ वटा वडा रहेको विरुवा गाउँपालिकाको वडा नं. १ को अध्यक्षमा काँग्रेसका युवराज केसी, २ मा एमालेका बुद्धबहादुर आले, ३ मा एमालेका सन्तबहादुर आले, ४ मा एमालेका थमनराज गुरुङ, ५ मा एमालेका ईन्द्रप्रसाद पौडेल, ६ मा एमालेका कृष्णबहादुर क्षेत्री, ७ मा काँग्रेसका खड्कबहादुर गुरुङ र ८ मा एमालेका श्रीप्रकाश थापा बिजयी हुनुभएको छ । 

आँधीखोला गाउँपालिकाका

आँधीखोला गाउँपालिकाको अध्यक्षमा एमालेका सुधीरकुमार पौडेल र उपाध्यक्षमा एमालेकै शर्मिला पौडेल बिजयी हुनुभएको छ । ३२ वटा प्रतिनिधि निर्वाचित हुने उक्त गाउँपालिकामा ३२ वटै प्रतिनिधि नेकपा एमालेबाट बिजयी भएका हुन् ।

६ वटा वडा रहेको आँधीखोलाको वडा नं. १ मा नेकपा एमालेका लोकनाथ ढकाल, २ मा रामचन्द्र पौडेल, ३ मा एमालेका विष्णुबहादुर खत्री, ४ मा एमालेका चिन्तामणि पौडेल, ५ मा एमालेका कृष्ण पनेरु र ६ मा कृष्णप्रसाद ढकाल बिजयी हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया