MENU

राजनीति

Ncell Axiata
sagun

काठमाडौंको गोकर्णेश्वरमा कांग्रेसका चालिसे विजयी

काठमाडौं, जेठ ५ – काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका सन्तोष चालिसे विजयी हुनुभएको छ । चालिसेले ९ हजार ९ मत ल्याउनुभएको छ भने उहाँका निकटतम प्रतिद्धन्दी एमालेका पुण्य चौलागाईंले ७ हजार ५ सय ९५ मत ल्याउनुभएको छ । त्यस्तै उपमेयरमा पनि कांग्रेसकै शान्ति पौडेल विजयी हुनुभएको छ । उहाँले ८ हजार ५ सय ९८ मत ल्याउनुभएको छ । उहाँकी प्रतिद्धन्दी शान्ति श्रेष्ठ ७ हजार ५ सय ९५ मत ल्याउनुभएको छ । मतगणना नसकिँदै एमालेका चौलागार्ईंले हार स्वीकार गर्दै मतदाता र समर्थकलाई धन्यावाद दिनुभएको थियो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया