MENU

राजनीति

Ncell Axiata
USAID

​रामेछापको खाडादेवीमा एमाले र सुनपातीमा माओवादी विजयी

रामेछाप, जेठ ५ – रामेछापको खाडादेवी गाउँपालिकामा नेकपा एमालेका प्रेमबहादुर तामाङ विजयी हुनुभएको छ । उहाँको ४ हजार ९ सय १४ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका वेदराज लामाले ३ हजार २ सय ४४ मत प्राप्त गर्नुभएको छ ।

खाडादेवी गाउँपालिकाको उपाध्यक्षमा एमालेकै मखमली श्रेष्ठले ४ हजार ९१४ मत प्राप्त गरेर विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी मीनाकुमारी श्रेष्ठले ३ हजार २०९ मत ल्याउनुभएको छ ।

रामेछापको सुनपाती गाउँपालिकाको प्रमुखमा माओवादी केन्द्रका धावा लामा ४ हजार ७३६ मतले विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जितेन्द्रबहादुर मोक्तानले ३९६६ मत प्राप्त गर्नुभएको छ । गाउँपालिकाको उपमेयरमा माओवादी केन्द्रकै गीता विष्टले ४ हजार ७२२ मा मत ल्याउनुभएको छ भने प्रतिद्वन्द्वी विनिता खड्काले ३७३३ मत प्राप्त गर्नुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया