MENU

राजनीति

Ncell Axiata
sagun

मुगुको सोरुकोट गाउँपालिकामा एमालेलाई ३३ मतले हराउँदै कांग्रेस विजयी

मुगु, जेठ ५ –  मुगुको सोरुकोट गाउँपालिकाको प्रमुखमा एमालेलाई ३३ मतले हराउँदै नेपाली कांग्रेस विजयी भएको छ । नेपाली कांग्रेसका उम्मेद्वार लोकबहादुर शाही १ हजार ८ सय ५४ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । 

उहाँका निकटतम प्रतिद्वन्दी एमालेका धर्मबहादुर शाहीले १ हजार ८ सय २१ मत प्राप्त गर्नुभयो । उपप्रमुखमा भने नेकपा एमालेकी राज्यलक्ष्मी शाही (बम) विजयी हुनुभएको छ ।  उहाँले १ हजार ८ सय ८५ मत प्राप्त गर्दै विजय हुनुभयो । 

उहाँका निकटतम प्रतिद्वन्द्धी कांग्रेसकी रुपा शाहीको १ हजार ५ सय ४५ मत रहेको छ । यो सँगै एक नगरपालिका र तीन गाउँपालिकासहित चार स्थानीय तह रहेको मुगुमा तीन स्थानीय तहमा कांग्रेस र एक स्थानीय तहमा एमाले विजयी भएका छन् । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया