MENU

राजनीति

Ncell Axiata
USAID

सुनकोशी गाउँपालिकामा ४ जना अध्यक्ष, दुई चुनिए, दुई बाँकी !

काठमाडौं, जेठ ५ – सुनकोशी गाउँपालिकामा दुई जना अध्यक्ष निर्वाचित भइसकेका छन् भने दुई जना अध्यक्ष चुन्न बाँकी नै छ । ४ जना अध्यक्ष सुनकोशी एउटै गाउँपालिकाका लागि भने होइनन् । 

स्थानीय तह पुनर्संरचना आयोगले गाउँपालिका र नगरपालिकामा विभाजन गर्दा एउटै नामका ४ गाउँपालिका निर्माण भएको छ । ४ वटा सुनकोशी गाउँपालिकामा दुई वटामा पहिलो चरणमा निर्वाचन भएर परिणाम आइसकेको छ भने दुई वटामा दोस्रो चरणमा निर्वाचन हुने छ ।  

प्रदेश नं ३ को सिन्धुलीमा सुनकोशी गाउँपालिकामा माओवादी केन्द्रको तर्फबाट दीपा बोहरा दाहालले ३ हजार ४ सय ३३ मतले अध्यक्षमा विजयी हुनुभएको छ । त्यस्तै सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकामा कांग्रेसका बिनोद जिसीले ४ हजार ३ सय ६० मत प्राप्त गरी अध्यक्षमा विजयी हुनुभएको छ ।

अर्को चरणमा निर्वाचन हुने सुनकोशी गाउँपालिका दुवै प्रदेश नम्बर १ मा रहेका छन् । प्रदेश नम्बर १ उदयपुरमा र ओखलढुंगामा सुनकोशी गाउँपालिका रहेका छन् । 
 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया